free website hit counter

काेराेनाबाट यसरी बच्न सकिन्छ

beemaadmin
२०७६ चैत्र ८, शनिबार

 

प्रा. डा. प्रेमराज ज्ञवाली
त्रि. वि. शिक्षण अस्पताल

कोरोना भाईरस (कोभिड–१९) को ईन्फेक्सनबाट जोगिन मास्क लगाएर मात्रै पुग्दैन। यो भाईरस हावाबाट मात्र नभई स्वास–प्रस्वासको बेला निस्कने थुकका कणहरूबाट सर्ने हुँदा एक-अर्का ब्यक्ति बीचको दुरी ६ फिट भन्दा बढि राख्नु पर्दछ। खोक्दा– हाच्छियु गर्दा निस्कने कणहरूमा यसको मात्रा बढि हुन्छ। ति कणहरू बिरामीले छोएका ढोकाका हेण्डलहरू, सामानका सतहहरू, संपर्कमा आएका सामान, लुगा कपडा अनि भाडा–कुँडाहरू र बिरामी बसेका कोठामा प्रसस्त मात्रामा हुन्छ। जति हुन्छ धेरै पटक हात धुने, एक–अर्का ब्यक्तिबाट दुरिमा बस्ने, सेनिटाइजरको प्रयोग गर्दा यो रोगको संक्रमणबाट बच्न सकिन्छ। चिकित्सक र नर्सहरू सिधै बिरामीको संपर्कमा आउने भएकाले उनिहरूले बिरामीको नजिक जानु अघि पुर्ण रुपमा PPe (personal protective equipments) जस्तै कि disposable gloves, masks, face cover, suits, shoes आदीको प्रयोग गर्नु पर्दछ। त्यसको प्रयोग पछि ति बस्तुहरूलाई सुरक्षित तवरले मष्कउयकभ गर्नु पर्दछ। यो रोगले साधारणतया २० बर्ष भन्दा कम उमेरका मान्छेहरूमा त्यति धेरै असर गर्दैन तर शरिरमा प्रतिरोधात्मक शक्ति कम भएकाहरूमा धेरै असर पार्ने गर्दछ। त्यसै कारणले गर्दा यो रोग बाट मृत्यु हुनेमा बृद्ध ब्यक्तिहरूको संख्या धेरै छ।

यस्ता बिरामीहरूको उपचार गर्न खाली अस्पताल खोलेर र बेडहरू मात्रै राखेर पुग्दैन। शंकास्पद र रोग कन्फर्म भएका बिरामीहरूलाई संगै राख्न हुँदैन र एक अर्का बाट पुरै isolation मा राख्नु पर्छ। बिरामीको अवस्था हेरी साधारण supportive treatment देखि लिएर भेन्टिलेटर सम्मको आवश्यकता पर्न सक्ने भएकाले र कुनै कुनै बिरामीहरूलाई डाइलोसिससम्मको सेवा चाहिन सक्ने भएकाले यस्ता उपकरणहरूको ब्यवस्था मिलाऊन पर्दछ। चिन, यूरोप र अमेरिका जस्ता बिकशित मुलुकहरूलाई पनि आच्छु–आच्छु पारेको यो रोगले नेपाललाई त सजिलै परास्त गर्न सक्दछ।

नेपाल सरकारका बिभिन्न निकायहरू यस रोगको रोकथाम र यदि बिरामीहरू देखा परि हालेको खण्डमा तिनिहरूको उपचारको लागी आवश्यक पर्ने औषधि र उपकरण बन्दोबस्तको लागि रात(दिन लाईपरेको छ। भन्न र समस्याहरू देखाउन जति सजिलो छ त्यसको समाधान गर्न त्यो भन्दा धेरै गाह्रो हुन्छ। हामी नागरिकले पनि आफ्नो कर्तब्य पालना गर्यौ, घरमै बस्यौ, अनावश्यक भिड गरेनौ र आवश्यक परेको खण्डमा आफै सेल्फ क्वारेन्टाइनमा बस्यौ भने नेपाल सरकारलाई पनि मद्धत पुग्नेछ र रोगलाई पनि छिट्टै नियन्त्रणमा लिन सकिनेछ।

सम्बन्धित समाचार