free website hit counter

किन तोड्यो संचयकोषले राष्ट्रिय बीमा कम्पनीसँगको सम्झौता

beemaadmin
२०७६ पुष २, बुधबार

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेका दुई कम्पनीबीचको सम्झौता भंग भएको छ । कर्मचारी संचय कोषले नेपाल सरकारकै स्वामितवमा रहेको निर्जिवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीसँगको सम्झौता भंग गरेको हो । सञ्चय कोषले यही पुस १ गतेदेखि लागू हुने गरी आगामी वर्षको लागि नयाँ बीमा पोलिसी जारी नगरेको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ । तीन वर्षको लागि सम्झौता गरेको कोषले राष्ट्रिय बीमा कम्पनीले दावी भुक्तानीमा झन्झट गरेको भन्दै गत वर्ष गरेको उक्त सम्झौता एकतर्फी रुपमा भंग गरेको हो । राष्ट्रिय बीमा कम्पनीले भने सम्झौता अझै भंग भइनसकेको दाबी गरेको छ । राष्ट्रिय बीमा कम्पनीले केही अप्ठेरो परेको हो भने ती बुँदाहरु संशोधन गरेरै भए पनि सम्झौता नविकरण गर्ने पक्षमा देखिएको छ ।
राष्ट्रिय बीमा कम्पनीका सिईओ डिल्लीराज अर्यालले कर्मचारी संचय कोषले गत वर्ष पुस १ गतेदेखि सुरु गरेको छ लाख कर्मचारीको स्वास्थ्य बीमा नविकरण नगरेको जनाएका छन् । तर यतिकै भरमा सम्झौता भंग भएको भन्न नमिल्ने उनले बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार