free website hit counter

किन त्याग्छन् मानिसले बीमा ?

beemaadmin
२०८१ चैत्र १३, बिहीबार

काठमाडौं । विश्व अर्थतन्त्र नै सुस्त भएका बेला नेपालको अर्थतन्त्रका हरेक क्षेत्रमा त्यसको असर देखिइरहेको छ । नेपालको अर्थतन्त्र चलयामान हुन नसक्दा त्यसको असर वित्तीय क्षेत्रहरुमा समेत देखिन थालेको छ । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो आठ महिनामा ७१ हजार ५५४ जना बीमितले बीमा पोलिसी रद्द गरेका छन् । सो संख्यामा पोलिसी सरेन्डर गरेर बीमितहरुले नौ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपियाँ रकम लगेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार फागुनमा मात्रै एक अर्ब २८ करोड ६१ लाख रुपियाँको नौ हजार ३१ वटा पोलिसी सरेन्डर भएको छ । गत माघमा एक अर्ब १२ करोड ३५ लाख रुपियाँ बराबरको आठ हजार १०९ वटा पोलिसी सरेन्डर भएको छ । गत पुसमा पनि एक अर्ब ३५ करोड ९४ लाख रुपियाँ बराबरको नौ हजार २५४ वटा पोलिसी सरेन्डर भएको छ । यसअघि साउनमा एक अर्ब ५४ करोड ११ लाख रुपियाँ बराबरको १० हजार २९२ वटा पोलिसि सरेन्डर भएको थियो । भदौमा भने एक अर्ब २१ करोड २२ लाख रुपियाँ बराबरको नौ हजार ४४९ वटा पोलिसी सरेन्डर भएको थियो । असोजमा एक अर्ब सात करोड १३ लाख रुपियाँ बराबरको आठ हजार ३१६ वटा पोलिसि सरेन्डर भएको प्राधिकरणको तथ्यांकले देखाएको छ । यसैगरी कात्तिकमा एक अर्ब ५० लाख रुपियाँ बराबरको सात हजार ९२८ वटा र मंसिरमा एक अर्ब २७ करोड ७५ लाख रुपियाँ बराबरको नौ हजार ७५ वटा पोलिसी सरेन्डर भएको थियो । हाल नेपालमा १४ ठूला जीवन बीमा कम्पनी सञ्चालनमा छन् । सोही कम्पनीहरुमा उक्त पोलिसी सरेन्डर भएका हुन् । लघुबीमा कम्पनीहरुमा भने पोलिसि सरेन्डर भएका छैनन् । तीन बर्षसम्म पोलिसि सरेन्डर गर्न नपाउने कारण पनि अहिले लघुबीमा कम्पनीमा सरेन्डर हुने बेला भएको छैन । कम्पनीमा जति धेरै संख्या र रकममा बीमा हुन्छ । त्यति नै धेरै संख्या र रकममा पोलिसि सरेन्डर हुने जोखिम बढी हुन्छ । तर, अनुपातमा भने धेरै अन्तर नहुन पनि सक्छ । बीमितले ५ बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधी तोकेर बीमा गरेका हुन्छन् । त्यसको लागि बार्षिक रुपमा किस्ता तिर्नुपर्छ । यदी सम्झौता अवधिभर बीमालाई निरन्तरता दिन नचाएमा बीमितले आवश्यक प्रक्रिया पुरा गरेर पोलिसी बन्द गर्न सक्नेछन् । बीमितले त्यही अवधिसम्म तिरेको बीमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउने छन् । यद्यपि, त्यसमा केही शुल्कहरु भने काटिनेछ । साथै, बीमा गरेको न्यूनतम तीन बर्ष पूरा भएको हुनुपर्ने शर्त पनि रहेको छ । पोलिसी सरेन्डर नियमित प्रक्रिया पनि हो । तर, पछिल्लो समय देखिएको आर्थिक संकटका कारण अहिले बीमालेख सरेन्डर बढ्दै गएको बीमा कम्पनीहरु बताउँछन् । पछिल्लो समय आर्थिक संकटका कारण आम मानिसहरुमा आम्दानी प्रभावित भएको छ । त्यो अवस्थामा कतिपय मानिसहरुले बीमालेख नवीरकण गर्न सकेका छैनन् । साथै, आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गर्ने गरेको कम्पनीहरु बताउँछन् ।

सम्बन्धित समाचार