free website hit counter

किन बढ्दैछ पोलिसी सरेन्डरको ग्राफ ?

beemaadmin
२०७९ फाल्गुन २६, शुक्रबार

काठमाडौं । कुनै पनि व्यवसायमा स्वच्छ प्रतिस्पर्धा छैन भने व्यापार गर्ने नाममा जे पनि गरिन्छ, विभिन्न सपना बेचिन्छ । व्यवसायिक दक्षता नहुँदा बीमा क्षेत्रमा पोलिसी सरेन्डरको डरलाग्दो अवस्था छ । गत पुस महिनामा मात्रै ८७ करोड ४३ लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी समर्पण (सरेन्डर) भएको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जनाएको छ । सञ्चालित १८ वटा बीमा कम्पनीका बीमितहरुले एक महिनामै ६ हजार ७८२ वटा बीमालेखबाट पोलिसी निश्चित समय अगावै त्यागेका हुन् । जसमध्ये नेपाल लाइफका बीमितले सबैभन्दा बढी रकमको बीमा पोलिसी सरेन्डर गरेका छन् । सो अवधिमा २ हजार ८३५ वटा बीमालेखबाट ४३ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । त्यस्तै, नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०को सबैभन्दा बढी रकमको अर्थात ९ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । यो अवधिमा कम्पनीको १६७ वटा बीमालेख समय अगावै समर्पण भएका छन् ।त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कर्पोरेशनका बीमितहरुले ८ करोड २३ लाख र राष्ट्रिय बीमा संस्थानका बीमितहरुले ७ करोड ७३ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन् ।
मेट लाइफ, एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, युनियन लाइफ र सानिमा लाइफको एक करोडभन्दा बढी वा ५ करोडभन्दा कम रकमको बीमापोलिसी सरेन्डर भएका छन् । जसमा मेट लाइफको ३ करोड ६ लाख, एशियनको ३ करोड ६८ लाख, गुराँसको २ करोड ६ लाख, प्राइमको २ करोड १२ लाख, युनियनको १ करोड ३६ लाख र सानिमा लाइफको एक करोड १३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । एक करोड रुपैयाँभन्दा कम रकमको पोलिसी सरेन्डरमा गर्नेमा अन्य ८ कम्पनीका बीमितहरु रहेका छन् । जसमा आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये पनि सन नेपाल लाइफको सबैभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । सरेन्डर भएका बीमालेख संख्याको आधारमा पनि सन नेपालकै सबैभन्दा कम छ । एक महिनामा कम्पनीको १० वटा बीमालेखबाट १० लाख ८४ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।

सम्बन्धित समाचार