free website hit counter

किन मारे प्रधानाध्यापक आमाबुवाले दुई छोरी ?

beemaadmin
२०७७ माघ १५, बिहीबार

एजेन्सी । जतिसुकै शिक्षित र समाजलाई बाटो देखाउने व्यक्ति भए पनि अन्ध विश्वासको जालोमा परेपछि कसको के लाग्छ र ? भारतको आन्ध्र प्रदेशको चित्तूर जिल्लामा शिक्षक पुरुषोत्तम नायक र उनकी श्रीमतीले कथित रुपमा अन्धविश्वासको शिकार भएर आफ्ना दुई युवा छोरीहरुको हत्या गरिदिएका छन् । चित्तूर जिल्लाकी मदनपल्ली प्रहरीले आमाबुवालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिदिएको छ । यो मामिलामा मृत युवती साई दिव्याको सोसल मिडिया पोस्टलाई महत्वपूर्ण प्रमाणको रुपमा हेरिएको छ । साई दिव्याले आफ्नो मृत्युभन्दा तीन दिनअघि सोसल मिडियामा लेखेकी थिइन्, ‘शिव आएका छन्, काम पूरा भयो ।’
यो पोस्टले प्रहरीलाई सतर्क बनाइदिएको छ । सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार एक हप्ता अघिदेखि साई दिव्याको व्यवहार निकै अचम्मको थियो । यसका साथै हालै केही बाहिरका मानिसहरु यो घरमा आएको प्रहरीले जानकारी पाएको छ । यो विषयमा सिसिटिभी फुटेज हासिल गरिएको छ र फुटेजमा देखिएका सबैसँग सोधपुछ गर्ने कोसिस गरिँदैछ ।

के हो त घटना
चित्तूर जिल्लाको ग्रामिण इलाका मदनपल्लीमा बस्ने पुरुषोत्तम नायडु सरकारी महिला डिग्री कलेजमा उप–प्रधानाध्यापक हुन् । यस्तै, उनकी श्रीमती पद्मजा पनि प्रधानाध्यापकको रुपमा काम गर्छिन् र एक नीजि शिक्षण संस्थाकी कर्मचारी हुन् । उनीहरुका २७ र २२ वर्षका दुई छोरीहरु थिए जसको नाम अलेख्या र साई दिव्या थियो ।
जेठी छोरी अलेख्याले भोपालस्थित इन्डियन म्यानेजमेन्ट अफ इन्डियन फरेस्ट सर्भिसबाट स्नातकोत्तरको पढाई गरेकी थिइन् । कान्छी छारीले बीबीएको पढाई गरेकी थिइन् र एआर रहमान सङ्गीत एकेडेमीमा सङ्गीतको पढाई गरिरहेकी थिइन् ।
यो परिवार अघिल्लो वर्ष अगस्ट महिनामा आफ्नो घरमा सिफ्ट भएको थियो । स्थानीय मानिसहरुलाई विश्वास गर्ने हो भने पुरुषोत्तम र पद्मजाको परिवार विभिन्न प्रकारको पूजा पाठ गरिरहन्थे । यो मामिलामा दर्ता भएको एफआईआरका अनुसार परिवारले आइतबार राति पनि केही पूजा पाठ परेको थियो । त्यसपछि उनीहरुले आफ्नी कान्छी छोरी साई दिव्यालाई धारिलो त्रिशुल र जेठी छोरीलाई एक डम्बलले हत्या गरिदिए ।
यो जानकारी पिता स्वयंले आफूसँग काम गर्ने मानिसहरु र प्रहरीलाई दिए । जानकारी पाएपछि प्रहरी घटनास्थल पुग्दा दुबै छोरीको मृत्यु भइसकेको थियो ।
यीमध्ये कान्छी छोरीको शव पूजाघरमा र जेठी छोरीको शव पहिलो तलामा भेटिएको थियो । प्रहरीले आमा बुवा दुबैलाई हिरासतमा लिएर मुद्दा दर्ता गरेपछि अनुसन्धान सुरु गरेको छ ।
घरमा राखेर सोधपुछः
प्रहरीले सुरुवाती अनुसन्धानका लागि यो जोडीलाई घरमा नै राखेको छ । प्रहरीका अनुसार उनीहरुको मानसिक व्यवहार निकै अचम्म र भिन्न किसिमको छ । उनीहरुले प्रहरीलाई आफूमाथि दबाब नबनाउन बारम्बार चेतावनी दिइरहेको छ ।
यस्तोमा प्रहरीले निकै सावधानीपूर्वक अनुसन्धान गर्दै मनोवैज्ञानिकको मद्दत लिने कोसिस गरिरहेको छ ।
प्रहरीले अनुसन्धानका बेला नजिकका आफन्तलाई मात्रै घरमा आउन अनुमति दिएको छ ता कि संदिग्धलाई शान्त राख्न सकियोस् । प्रहरीका अनुसार यो जोडीको घरमा अचम्मका तस्बिर थिए जसमध्ये केही भगवानका तस्बिर थिए ।
उपचारको आवश्यकताः
यो मामिलामा प्रहरीले संदिग्धहरुको मेडिकल जाँच गराउने योजना बनाएका छन् । मदनपल्लीका डिएसपी रवि मनोहरले भनेका छन्, ‘यो परिवारले आफूले आफैंलाई एक गहिरो दुनियाँमा प्रवेश गराएको छ जो अध्यात्म र धार्मिक आस्थाभन्दा निकै अगाडि छ । उनीहरुलाई लाग्छ कि अध्यात्मभन्दा पनि अगाडि केही छ । उनीहरुले अहिलेसम्म पनि भनिरहेका छन्, ‘हामीलाई एक दिनको समय दिनुहोस् । हाम्रा छोरीको जिउँदो हुनेछन् । उनीहरुलाई यहाँ नै राखियोस् ।’’
मनोहर भन्छन्, ‘उनीहरु निकै पढे लेखेका छन् । सुरुवाती अनुसन्धानमा पत्ता लागेको छ कि यी छोरीहरुलाई डम्बलले हानिएको छ । आमा–बुवामध्ये एक मास्टर माइन्ड स्कूलमा प्रधानाध्यापक छिन् उनीहरुले पछिल्ला केही दिनदेखि घरमा कसैलाई पनि आउन दिइरहेका थिएनन् । उनीहरुले कोभिड–१९ लकडाउनपछि आफ्ना घरेलु सहयोगीलाई पनि घरमा आउन अनुमति दिएका थिएनन् । हत्या हुँदा घरका परिवारको मात्रै उपस्थिती थियो ।’ मनोहरका अनुसार उनीहरुले पूजा पाठ गरेको प्रमाण भेटिएको छ तर पूरा कुरा थाहा पाउन समय लाग्नेछ किनभने यस्तो प्रकारको घटनाको अनुसन्धानमा समय लाग्छ । उनीहरु यो घटनाबाट बाहिर निस्किएलगत्तै अनुसन्धान सुरु गरिने प्रहरी अधिकारी मनोहरले जानकारी दिए ।

साई बाबालाई मान्थ्यो परिवारः
स्थानीयलाई विश्वास गर्ने हो भने यो परिवार मानसिक रुपमा निकै सन्तुलित देखिन्थ्यो । परिवारका एक नजिकका सदस्यले बीबीसी तेलुगुसँगको कुराकानीमा परिवार शिरडीका साई बाबालाई मान्ने गरेको जानकारी दिए । उनले भने, ‘यो निकै अचम्मित गरिदिने कुरा हो । उनीहरु यतिबेला रोइरहेका छन् र कसैसँग कुरा गर्ने स्थितीमा छैनन् ।’
सरकारी डिग्री कलेजमा ड्राइभर सुरेन्द्रले बीबीसीसँगको कुराकानीमा भने, ‘मलाई विश्वास लागिरहेको छैन कि पुरुषोत्तम नायडुले यस्तो गर्न सक्छन् । म उनलाई निकै राम्रोसँग चिन्दछु । उनी अनुशासनको अत्यधिक पालना गर्छन् । उनको कोहीसँग झगडा पनि भएको थिएन । मलाई लाग्छ कि यो मामिलामा कुनै आफन्तको हात छ । यसो गरेर कसैले उनीहरुको सम्पत्ति हात पार्न खोजेको जस्तो देखिन्छ । कसैले उनीहरुलाई वशमा पारेर यस्तो हिंस्रक काम गराएका हुन् । नभए यस्तो हुनु असम्भव नै थियो ।’ पुरुषोत्तमका छिमेकीको पनि यस्तै धारणा छ । एक व्यक्तिले नाम नबताउने शर्तमा भने, ‘कसैले उनलाई ट्रान्स स्टेटमा पुर्याएका छन् । मलाई लाग्छ यो निकै सोचेर गराइएको घटना हो । उनीहरुको व्यवहार निकै राम्रो थियो र मानिसहरुको मद्दत गर्न सधैं अग्रसर हुन्थे । उनीहरुले आफ्नै छोरीहरुको हत्या गरिदिए भन्ने कुराको विश्वास नै लागिरहेको छैन । उनीहरुलाई यस्तो गर्न बाध्य पार्ने मानिसहरुको हामीले पहिचान गर्नुपर्छ । उनीहरुलाई यस्तो गर्न कसले प्रेरित गर्यो भन्ने कुरा थाहा पाउन आवश्यक छ ।’
स्थानीयका अनुसार पद्मजासँग पाँच करोडको सम्पत्ति छ त्यसैले सायद आफ्नैले यस्तो योजना बनाएको हुनसक्छ । प्रहरीका अनुसार साई दिव्याको पछिल्लो केही दिनदेखिको व्यवहार अचम्मको थियो र उनले छतबाट हाम फाल्ने चेतावनी पनि दिने गर्दथिन्, सायद यसैकारण उनीहरुले कुनै पूजा पाठ गरेर उनको व्यवहार ठिक पार्ने कोसिस गरेका होलान् । बीबीसी

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार