free website hit counter

किन रोकियो सिटिजन लाइफको लाभांश

beemaadmin
२०८१ बैशाख २४, सोमबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्योरेन्सको प्रस्तावित लाभांश प्रक्रिया नपुगेको भन्दै रोकिदिएको छ । कम्पनीले सेयरधनीका लागि अन्तरिम लाभांश घोषणा गरे पनि नियामक प्राधिकरणले भने सो लाभांश वितरण नगर्ने अडान राख्दै प्रक्रिया रोकेको हो । सिटिजन लाइफले सोमबार २८.४ प्रतिशतसम्म लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा थियो । तर, प्रक्रिया नमिलेको भन्दै प्राधिकरणले सो लाभांश रोकेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीले प्राधिकरणको स्वीकृति नलिई लाभांश घोषणा गरेपछि लाभांश वितरण गर्न नदिने निर्णय भएको बताएका छन् । बीमा ऐनअनुसार नियामक निकायबाट स्वीकृति लिएर मात्रै लाभांश घोषणा गर्नुपर्छ । कम्पनीले पहिला लाभांश घोषणा गरेपछि मात्रै स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

सम्बन्धित समाचार