जीवन बीमा व्यवसाय दु्रत गतिमा बढिरहेको छ । बीमकहरु धेरै भएकै कारण प्रतिस्पर्धा पनि बढी नै छ । यसै सन्दर्भमा बीमकहरुले बढी बीमाशुल्क आर्जन गर्नका लागि बढी बीमाङ्क रकमको बीमालेख बिक्री गर्दछन् । यसरी बढी बीमाङ्क रकमको बीमालेख बिक्री गर्दा बीमितको आयश्रोत, पारिवारिक इतिहास, शिक्षा, पेशा, उमेर, बसोबास गर्ने भूगोलको आधरमा जोखिमाङ्कन गर्नु पर्दछ । किनकि बीमाशुल्क आर्जन गर्ने उद्देश्यले अन्डरराइडिङलाई कमाजेर बनाइनु हुँदैन । यदि यसमा हेलचेक्य्राई गरियो भने केही वर्ष पछाडि बीमित र बीमकबीचमा समस्या देखिन थाल्छ ।
महालेखा परीषकको कार्यालयले वि.सं. २०८१ को असार मसान्तसम्मको प्रतिवेदनअनुसार ३४ अर्ब ३ करोड ७१ लाख रकम बराबरको बीमालेख व्यतित भएको देखिन्छ । यो भनेको बीमालेख निस्क्रिय भएको बीमालेख मोहलत अवधिभित्र नबुझाएको र उक्त बीमालेख अन्तर्गत कुनै पनि जोखिम बहन नहुने प्रमाणित हुन्छ । त्यसै अन्तर्गत व्यतित बीमालेखको संख्या ११ लाख ५८ हजार २ सय ९९ छन् भने त्यसै समयमा बीमालेख समर्पण मूल्य रु १३ अर्ब, ३४ करोड, ३४ लाख भएको महालेखाको प्रतिवदेनमा उल्लेख छ ।
कसरी बढ्यो व्यतित बीमालेखको संख्या ?
थोरै जनसंख्या सानो भूगोल भएको देशमा धेरै बीमा कम्पनीहरु क्रियाशील भए जसको कारण बढी व्यापार गर्ने होडबाजीमा अघोषित शीतयुद्ध जस्तै चलिरहेको छ । जसको फलस्वरुप कम आर्थिक हैसियतको व्यक्तिलाई बढी बीमाङ्क रकमको बीमालेख बेच्नलाई प्रेरित गरियो भने जोखिमाङ्कनलाई सहयोग पुग्ने कागजात बीमकहरुकै कर्मचारीबाट नियोजित रुपले बनाई बीमालेख जारी गर्न थालियो । जसको फलस्वरुप बीमालेख व्यतित र सपर्मण त भयो नै अर्कोतर्फ बीमालेखको गलत बिक्रीभई गलत दाबी भुक्तानी पनि हुन थाल्यो ।
अभिकर्ता दक्ष र चनाखो हुन जरुरी
अधिकांश बीमकले बीमालेख बिक्री गर्ने भनेको बीमा अभिकर्तानै हुन् । अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितको आम्दानी भन्दा चार गुणासम्मको बीमाङ्क रकमको बीमालेख बिक्री गर्दा बीमालेख व्यतित हुने सम्भावना कम हुन्छ । उदाहरणको लागि बीमितको वार्षिक आय ६ लाख छ भने उक्त बीमितको बीमाङ्क रकम २४ लाख कायम गर्दा बीमाशुल्क पुरक करार सुविधासहित प्रतिलाख रु ७५०० बीमाशुल्क भएमा वार्षिक शीमाुशल्क २४ लाखको १ लाख ८० हजार हुन आउँछ । त्यो बीमितले बचाउन सक्ने रकम हो । यो कमाईको ३० प्रतिशत हो । किनकि जो कोही कमाउने व्यक्तिले ३०–५० प्रतिशत बचत गर्न जरुरी छ या बैंक ब्यालेन्स होस् वा बीमालेख खरिद गरेको होस् । यस विषयमा बीमा अभिकर्ताको दक्षता हुनु र्दछ ।
बीमालेख निस्क्रिय भयो अब के गर्ने ?
प्रथम बीमाशुल्क बुझाएर बीमालेख नं. जारी भएपछि बीमा प्रस्तावक बीमित हुन्छ भने त्यसको वार्षिक उत्सवमा नियमित बीमाशुल्क बुझाउने बीमा योजनामा तिर्नु पर्ने बीमा शुल्क उक्त बीमालेख अन्तर्गत भुक्तान नभएमा बीमालेख निस्क्रिय रहन्छ त्यसैलाई व्यतित बीमालेख भनिन्छ । प्राय यस्तो घटना कम हुन्छ तर पहिला बैक्यास्योरेन्समा सतप्रतिशत जस्तै भयो । कुशल अभिकर्ताले बिक्री गरेको बीमालेख यस्तो हुँदैन किनकि एकै वर्षमा व्यतित हुनु भनेको चौतर्फी घाटा हो । हालसम्मको डाटाअनुसार बीमालेख जारी भई निस्क्रिय भएको तीनदेखि सात वर्षसम्मको बीमालेख व्यतित भएको पाइन्छ भने यस्तो बीमालेख सक्रिय गर्न धेरै सजिलो छ यो ज्ञान बीमा अभिकर्ताले जान्न जरुरी हुन्छ ।
बीमा अभिकर्ताको कस्तो हुनुपर्छ भूमिका ?
सर्वप्रथम बीमा अभिकर्ताले आफ्नो अभिकर्ता कोडअन्तर्गत बीमकमा गएर व्यतित बीमालेखको विवरण लिनु पर्दछ । त्यसमा प्रथम बीमाशुल्क तिरेर बीमालेख ल्याप्स भएमा कुनै पनि समयमा पुनर्जागरण गर्न प्रोत्साहन गर्नु, दोस्रो वर्षको बीमाशुलक बुझाएर बीमालेख निस्क्रिय भएको भएमा चुक्ता बीमालेखमा परिणत भएको जानकारी दिएर बीमालेख सकभर क्रिय पार्नु र तीन वर्षभन्दा बढीको बीमा शुल्क बुझाई बीमालेख निस्क्रि भएमा त्यसलाई पुनः सक्रिय पार्न प्रायस गर्नु त्यो पनि गर्न नसकेमा बीमालेख सक्रिय बनाई बीमालेख धितोमा ऋण दिई बीमालेख सक्रिय पार्ने जस्ता काम गर्नु पर्दछ । बीमा अभिकर्तालाई चुक्ता बीमालेख, समर्पण मूल्य र ऋणको बारेमा यथेष्ठ जानकारी हुनु पर्दछ । अब प्राय निस्क्रिय बीमालेख सक्रिय पार्नलाई धेरै तरिकाहरु छन् जसमा बीमकले दिएको छूट, बीमालेखको ऋण अािद पर्दछन् भने धेरै जुक्तिहरु हुन्छन् ।
अन्य समस्याहरुः बीमितले प्रस्ताव फारममा पुरा विवरण नभर्नु, अभिकर्ताको पुरा विश्वास नगर्नु, बीमितको बसाई सराईले सम्पर्क नहुनु र बीमकले पनि बीमितको एथेष्ठ विवरण नराख्नु ।