free website hit counter

किशोरीलाई बलीदिन भारततर्फ लैजाँदै गरेको प्रहरीको आशंका, समातिए ३ जना

beemaadmin
२०७७ आश्विन ७, बुधबार

काठमाडौं। रुढिवादका कानाममा बेला बेला किशोरीहरुले ज्यान गुमाउने गरेका घटना बाहिर आइरहेका बेला अर्की किशोरी पनि कालको मुखबाट जोगिएको प्रहरीले दाबी गरेको छ ।

तान्त्रिक विद्या आर्जनका लागि एक किशोरीलाई भारतमा बली दिनका लागि लैजान लागेको आशंकामा प्रहरीले विराटनगरबाट ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट सप्तरीको विष्णुपुर ५ का २८ वर्षीय सुमित कुमार मण्डल, तिलाठीकोइलाडीका २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ घर भई सुनसरीको रामधुनी ५ झुम्कामा डेरा गरी बस्ने १७ वर्षीया मनिका ढकाललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले किशोरीलाई भारत लान लागेको अवस्थामा तीन जना पक्राउ गरिएको बताए। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार ती किशोरीलाई तान्त्रिक विद्या आर्जनका लागि मानव बलि दिनुपर्ने भएकाले भारत लान लागिएको आशंकामा अनुसन्धान भैरहेको छ। हामीले अनुसन्धान गरिरहको छौं कुन प्रयोजनका लागि उनलाई भारतमा लैजान लागिएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन, एसपी खड्काले भने। पक्राउ परेका व्यक्तिहरुले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्काकी १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका १७ इस्लामपुरको बाटो हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। ती किशोरीलाई साना हातहरू नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार