free website hit counter

किशोरीले कसरी गरिन् आफ्नै हत्याको भविष्यवाणी

beemaadmin
२०७७ फाल्गुन १३, बिहीबार

एजेन्सी । धेरैले गरेको भविष्य बाणि मिल्दैन । तर कोही कोहीले गरेको भविष्यबाणि ठ्याक्कै मिल्न जान्छ । एक किशोरीले फेसबुकमा पोस्ट गर्दै आफ्नो हत्या हुने भविष्यवाणी गरिन् र हत्याराहरुले उनको लाश भएको ठाउँको जानकारी समेत पठाउने बताइन् । नभन्दै त्यसको केही घण्टामा उनको निर्मम तरिकाले हत्या गरियो । ब्राजिलकी १७ वर्षकी क्रिस्टिन कार्वाल्हो गुइमरेज आफूले स्थानीय ड्रग डिलरलाई ३ हजार ब्राजिलियन रियल ऋण तिर्नुपर्ने भएपछि आफ्नो हत्या हुन लागेको बताएकी थिइन् । उनले लेखेकी थिइन् ‘म यहाँ सबैलाई गुडबाइ भन्न आएकी हुँ । म छिटै मर्दैछु ।’ उनको हत्या ब्रजिलको अमेजोनस राज्यको इटापिरांगामा फेब्रुअरी १३ मा भएको थियो । अर्को एक पोस्टमा क्रिस्टिनले लेखेकी थिइन् ‘उनीहरुले लोकेसन पठाउनेछन् ताकि मेरो लाश भेट्न सकियोस् ।’ त्यसको भोलिपल्ट उनकै प्रोफाइलबाट अर्को एक पोस्ट शेयर गरियो । यो उनका हत्याराहरुले शेयर गरेको जस्तो देखिन्थ्यो किनकि त्यसमा उनको लाश भएको ठाउँ बताइएको थियो र उनको लाश ठिक त्यही ठाउँमा भेटियो ।’
द सनको रिपोर्टअनुसार भोलिपल्ट शेयर गरिएको पोस्टमा अन्तिममा सीभी लेखिएको थियो जो स्थानीय आपराधिक ग्याङ कमाण्डो भर्मेल्हो हुन सक्ने मानिएको छ । यी किशोरी हराएकोबारे पुलिसलाई १२ फेब्रुअरीमै जानकारी प्राप्त भएको थियो । तर, भोलिपल्ट हत्याराहरुले खुलासा गरेको स्थानमा पुलिस अधिकारीहरुले उनलाई भेट्दा उनको हत्या भइसकेको थियो । उनको मृत्युको कारण खुलाइएको छैन यद्यपि उनले फेसबुक पोस्टमा आफूलाई गोली हानिने बताएकी थिइन् । अनुसन्धान अधिकारीहरुले भने किशोरीको हत्यामा कमाण्डो भर्मेल्होको कुनै हात नरहेको र उनका हत्याराले अनुसन्धानलाई अल्मल्याउन यो ग्याङको नाम उल्लेख गरेको अनुमान गरेका छन् । पुलिस अधिकारीहरुले क्रिस्टिनले लेखेको भनिएका अघिल्ला पोस्टहरु पनि हत्याराहरुले नै लेखेको विश्वास गरेका छन् । अनुसन्धानकर्ताहरुले फेब्रुअरी १७ मा भएका अन्य २ हत्याहरु पनि क्रिस्टिनको हत्यासँग सम्बन्धित भएको विश्वास गरेका छन् ।
फेब्रुअरी १७ मा लोरिभाल फोन्सेकामोराएस र एन्टोनियो मोन्टेरियो डोस सान्तोसको हत्या भएको थियो । यी दुई क्रिस्टिनका दाजु र भिनाजु थिए । यी दुवैको नाम क्रिस्टिनले आफ्नो हत्याराको रुपमा आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेकी थिइन् । उनहिरुको शवको प्रकृति हेर्दा उनीहरुको पनि हत्या भएको देखिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार