free website hit counter

किसानमारा उद्योगी पक्राउ गर्न गृहको निर्देशन

beemaadmin
२०७६ पुष १६, बुधबार

काठमाडौं । कम्युनिष्ट सरकार बनेसँगै कृषि क्षेत्रका बिचौलिया हट्ने अपेक्षा गरिए पनि सरकार गठन भएको दुई वर्षसम्म पनि कुनै संकेत देखिएको छैन । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा मातृका यादवले मन्त्रालय सम्हालेपछि उनले पहिलो प्रयास नै उखु किसानको भुक्तानी दिलाउन पहल गरेका थिए । तर उनको प्रयासले पनि सार्थकता पाउन नसक्दा उनी पनि मन्त्रालयबाट बाहिरिएका छन् ।

उखु किसानको समस्या उस्तै छ । उखु किसानको बक्यौता रकम नतिर्ने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयले आदेश दिएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गर्दै बक्यौता रकम नतिर्ने उद्योगीलाई पक्रन निर्देशन दिएको हो। यसलगत्तै प्रहरी प्रधान कार्यालयले आफ्ना मातहतका जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनीहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको छ ।

Advertisement
Advertisement

प्रहरीले कृषकको उजुरी र गुनासोको आधारमा नियन्त्रणमा लिएर ठगीमा अन्तर्गत कारबाही गर्ने भएको छ। लामो समयदेखि आफ्नो रकम नपाएको भन्दै उखु किसान आन्दोलित छन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार