free website hit counter

कुन कुन हुन् सरकारलाई नटेर्ने निजी ८ ल्याब ?

beemaadmin
२०७७ आश्विन १४, बुधबार

काठमाडौं । सरकारले तोकेको शुल्क भन्दा बढी लिन्छौं जनतालाई ठग्छौं भन्ने कुरामा निजी क्षेत्रको एकता हुन्छ । जनतालाई सहुलियन दिने कुरामा बेपत्ता हुने निजी अस्पतालहरु अहिले सरकारले तोकेको शुल्कमा कोरोना परीक्षण गर्न आनाकानी गरी जनतालाई सताइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको भन्दा बढी पिसिआर परीक्षणको शुल्क लिने ८ अस्पताल र ल्याबलाई परीक्षण अनुमति खारेज गर्ने चेतावनी दिएको छ। गुणस्तर मापन तथा नियमन महाशाखाले बढी शुल्क लिने ल्यावबारे मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार यस्तो निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ह्याम्स अस्पताल, मेटिसिटि अस्पताल, स्टार अस्पताल, बिएण्डबी अस्पताल, सूर्या ल्याव, डिकोर ल्याव, सिडिएल ल्याव र इन्टीपेर ल्यावलगायतले बढी शुल्क लिएकोले २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको बताए।
उनले सरकारले भदौ २८ गते सबै सरकारी र निजी प्रयोगशालालाई पिसिआर शुल्क २ हजार तोकिएकोले त्यो भन्दा बढी शुल्क लिने गरेका प्रयोगशालालाई कालोबजारी गरेको आरोपमा प्रयोगशाला बन्द गराउने गरी कारवाही गर्न गृह मन्त्रालय र वािणज्य विभागमा लेखि पठाउने निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए।
उनले नेशनल टेष्टिङ गाइडलाइनमा नपरेका र स्वास्थ्य मन्त्रालयले नतोकेको व्यक्तिको परीक्षण गर्ने, सुचीकृत नभएका प्रयोगशाला वा बिचौलियाको रुपमा नमुना लिने वा सहजीकरण गरेको पाइएमा कडा कारवाही गर्न लेखि पठाउने निर्णय भएको बताए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार