free website hit counter

कुन जीवन बीमा कम्पनीको कति छ लगानी ?

beemaadmin
२०७७ पुष ४, शनिबार

काठमाडौ । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको कुल ३ खर्ब ५ अर्ब रुपैयाँ लगानी रहेको छ । नियामक निकाय बीमा समितिले निर्धारण गरेका क्षेत्रमा बीमा कम्पनीहरुले लगानी गर्न पाउँछन् । बिमितले बुझाएको रकम बीमकले विभिन्न क्षेत्रमा लगानी गरी बीमितको जोखिम बहन गर्ने गर्दछन् । बीमा समितिले प्रकाशित गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी नेपाल लाइफको छ भने दोस्रोमा एलआईसी नेपाल आउन सफल भएको छ ।

जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा, बाणिज्य बैकको मुद्धति निक्षेपमा, नेपाल पूवार्धार बैकको मुद्धति निक्षेमा लगानी गर्न पाउँछन् । यस्तै, घरजग्गा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, सामुहिक लगानी कोष र नागरिक लगानीकोष लगायतमा लगानी गर्न पाउने व्यवस्था बीमा समितिले गरेको छ ।

नेपाल लाइफको कुल लगानी ७७ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने एलआईसी नेपालको कुल लगानी ५७ अर्ब ६३ करोड रुपैयाँ लगानी छ । यस्तै, राष्ट्रिय बीमा संस्थानको कुल लगानी २८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको ३४ अर्ब १७ करोड रुपैयाँ, मेट लाइफको २० अर्ब ६९ करोड रुपैयाँ र एशियन लाइफको २० अर्ब ८३ करोड रुपैयाँ कुल लगानी रहेको छ ।

सूर्या लाइफको कुल लगानी ९ अर्ब ३१ करोड रुपैयाँ छ भने गुँरास लाइफको ९ अर्ब ३१ करोड रुपैयाँ, प्राइम लाइफको १४ अर्ब ६ करोड रुपैयाँ र आइएमई लाइफको ३ अर्ब २६ करोड रुपैयाँ कुल लगानी रहेको छ । यसैगरी युनियन लाइफको ६ अर्ब १० करोड रुपैयाँ, ज्योति लाइफको ३ अर्ब ६५ करोड रुपैयाँ, सन नेपाल लाइफको २ अर्ब ८२ करोड रुपैयाँ, रिलायन्स लाइफको ३ अर्ब २० करोड रुपैयाँ र रिलायबल नेपाल लाइफको ३ अर्ब ८५ करोड रुपैयाँ कुल लगानी रहेको छ ।

समितिका अनुसार सिटिजन लाइफको ४ अर्ब २८ करोड रुपैयाँ, सानिमा लाइफको १ अर्ब ९८ करोड रुपैयाँ, प्रभु लाइफको २ अर्ब ३८ करोड रुपैयाँ र महालक्ष्मी लाइफको १ अर्ब ९० करोड रुपैयाँ कुल लगानी रहेको छ ।

सम्बन्धित समाचार