free website hit counter

कुपोषणबाट जोगाउन छोराछोरीलाई भुस्याहा कुकुरको मासु खुवाउने आमा परिन् फन्दामा

beemaadmin
२०७७ माघ १८, आईतवार

एजेन्सी । आफ्ना सन्तानका लागि आमाले के मात्रै गर्दिनन् । आफू नखाएर पनि आफ्ना सन्तानको पेट भर्ने संसारमा कोही छ भने आमा मात्रै हो । आफ्नी ४ वर्षकी छोरी र २ वर्षका छोरालाई कुकुरको मासु खुवाउने आमा पक्राउ परेकी छिन् । बालबालिकाहरु कुपोषणको शिकार भएको र आमाले उनीहरुलाई कुकुरको मासु खुवाएको सूचना पाएपछि पुगेको पुलिसले उनीहरुको उद्धार गरेको हो । पुलिसले बालबालिकाको उद्धार गरी सुरक्षित राखेको छ र आमालाई हिरासतमा लिएको छ । घटना युक्रेनको हो ।
डेलीमेलको रिपोर्टअनुसार ती महिलाले गल्लीमा घुम्ने भुस्याहा कुकुर मारेर छोराछोरीलाई त्यही कुकुरको मासु खुवाउँथिन् । उनको घरको हालत पनि निकै खराब थियो । घर निकै फोहर थियो । घरमा भित्ताबाट साङलाहरु खस्थे । युक्रेनको उत्तर पूर्वी क्षेत्रमा रहेको खारकिव शहरमा आफ्ना २ छोराछोरी र आमासँग बस्ने लिलिया ग्रेनेन्कोलाई पक्राउ गरिएको हो ।

रिपोर्टका अनुसार यी महिलाले घरका वर्षौंदेखि फोहर जम्मा गरेर राखेकी थिइन् । वर्षौंदेखि राखिएको फोहरका कारण यो घरमा साङला र मुसाको संख्या अत्याधिक भएको थियो । यी महिलाको आर्थिक स्थिति पनि निकै खराब भएको बताइएको छ । समयमा पैसा नतिरेका कारण उनको फ्ल्याटमा पानीको आपूर्ति पहिले नै बन्द गरिसकिएको थियो । फ्ल्याटको शौचालय पनि अत्यन्तै फोहर थियो । लिलियाले छोराछोरीलाई बाहिर जान पनि दिँदैनथिन् ।

पुलिसले उद्धारपछि उनका छोराछोरीलाई अस्पताल पठाएको थियो ताकि अत्यन्तै फोहर ठाउँमा बसिरहेका यी बालबालिकाको स्वास्थ्यको जाँच हुन सकोस् । यी महिलाका एक छिमेकीले पुलिसलाई सूचना दिएका थिए । उनको घरमा पुग्दा त्यहाँ छरिएको फोहर देखेर पुलिस पनि चकित परेका थिए । लिलियाका कूल ५ सन्तान छन् । तीमध्ये ३ सन्तानको संरक्षकत्व उनले गुमाइसकेकी छिन् । लिलिया दोषी ठहरिए उनलाई ५ वर्ष जेल सजाय हुन सक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार