काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडांै उपत्यकालगायत उपत्यका बाहिर गरेर एकैदिन सात नयाँ शाखाको सञ्चालनमा ल्याएको छ । विहीबार काठमाडौंस्थित नयाँ बानेश्वर शाखाको बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप राणा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनले गरेका थिए ।
काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरे । बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ । उपत्यका बाहिरका शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउ‘बाट भएता पनि मोबाइल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रीय कार्यालयबाटै बैंकका संचालक समिति, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा भएको थिए ।