free website hit counter

कुमारी क्यापिटलले घोषणा गर्यो १५ प्रतिशत लाभांश

beemaadmin
२०८१ भाद्र १२, बुधबार

काठमाडौं । कुमारी क्यापिटलले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १५ प्रतिशतका दरले ६ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले असोज ३ गते छैठौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा कुमारी बैंक टंगालमा साँझ ५ बजे बोलाइएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साथै स्वतन्त्र सञ्चालक सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार