काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा करसमेत समावेश छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।
बैंकको प्रस्तावित लाभांशअनुसार शेयरधनीले बोनस शेयर भने पाउने छैनन्। चालु वर्षका लागि बैंकले नगद लाभांश मात्रै प्रस्ताव गरेको हो।