free website hit counter

कुमारी र देव विकास बैंक गाभिने

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौं । सरकारले नीतिगत रुपमै बीग मर्जरलाई बढावा दिइरहेको बेला अर्को ठूलो मर्जरको तयारी भएको छ । कुमारी बैंक र देवः विकास बैंक एक आपसमा गाभिने भएका छन् । कुमारी बैंकले माघ १ गते बुधबार देवः विकास बैंकलाई आफुमा गाभ्ने सम्झौता गरेको हो।

राष्ट्र बैंक नीगित रुपमै बीग मर्जरमा जोड दिँदै आएको अवस्थामा कुमारी बैंकले राष्ट्रियस्तरको देवः विकास बैंकलाई गाभेर अघि बढ्न लागेको हो। कुमारी बैंकले देव विकास बैंकलाई १००ः८६ को श्वाप रेसियोमा गाभ्ने प्रारम्भिक सम्झौता गरेको बताइएको छ । मर्जरको लागि दुई बैंकबीच लामो समयदेखि छलफल चल्दै आएको थियो।

Advertisement
Advertisement

राष्ट्र बैंकले पछिल्लो समय मर्जरको निति अबलम्बन गर्दै मर्जरमा जाने संस्थालाई छुटको समेत व्यवस्था गरेपछि अधिकाँश बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजिसनको बाटो रोज्न थालेका छन्। हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ भने देवः विकास बैंकको चुक्ता पूँजी भने ३ अर्ब १७ करोड छ ।

Advertisement
Advertisement

 

सम्बन्धित समाचार