काठमाडौं । सनराइज बैंकले ल्याएको ‘सनराइज पपकर्न मेनिया’ को उद्घाटन क्यूएफएक्स सिनेमा घर कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ । शुक्रबार क्यूएफएक्स सिनेमा कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वीस्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका थिए । क्यूएफएक्स सिनेमा कुमारी हलमा सिनेमा हेर्न आउने दर्शकहरुमाझ गरिएको उक्त कार्यक्रममा विभिन्न रमाइला खेलहरु संचालन गरी उपहारहरु समेत प्रदान गरिएको थियो ।
तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क्यूएफएक्स सिनेमा घरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशुल्क पपकर्न प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्पmत भुक्तानी गर्नुपर्नेछ ।