free website hit counter

कुरानको स्टिकर उक्काउँदा दुई नर्सलाई मृत्युदण्ड

beemaadmin
२०७८ बैशाख ३, शुक्रबार

एजेन्सी । मुस्लिम धर्म निर्क कट्टर मानिन्छ । मुस्लिम कानुन रहेका देशमा सो धर्मको विरोध गर्नेलाई सोझै मृत्युदण्डको व्यवस्था गरिन्छ । साथीको लकरमा टाँसिएको कुरानको स्टिकरलाई कथित रुपमा उक्काएको आरोपमा दुई जना क्रिस्चियन नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको फैसाबादमा मरयम लाल र नेवस उरुजलाई पुलिसले ईशनिन्दाको आरोपमा पक्राउ गरेको थियो ।

यी दुईले एक सहकर्मीको लकरमा टाँसिएको कुरानको श्लोक लेखिएको स्टिकर उक्काएको भन्दै उनीहरुले काम गर्ने अस्पतालमा हल्लाखल्ला भएपछि उनीहरुलाई पक्राउ गरिएको थियो । द टाइम्सका अनुसार तहरिक ए लबैक पार्टीका इस्लामिक अभियन्ताहरुले अस्पतालमा यी दुई महिलालाई झुण्ड्याउन माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा भाग्न खोजेपछि मरयम लाललाई चक्कु समेत प्रहार गरिएको थियो । लालदका अनुसार उनी र उरुजलाई अस्पतालकी मुख्य नर्सको लकर सफा गर्न र व्यवस्थित तरिकाले मिलाउन भनिएको थियो । मुख्य नर्स मुस्लिम हुन् । उनीहरुले कलमको सहायताले स्टिकर उक्काएका थिए । भोलिपल्ट उनहिरुमाथि ईशनिन्दाको आरोप लगाइएको थियो । पुलिसका डिएसपी राणा अत्ताका अनुसार शुक्रबारको प्रार्थनापछि भीड जम्मा भएर ती दुई नर्सको हत्याको प्रयास गरेका थिए ।

हामी घटनास्थलमा गएर उनहिरुलाई बचायौं । अनुसन्धान जारी छ र दुवै नर्सहरु सुरक्षित छन् । उनहिरुलाई १५ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ’ उनले भने । मानव अधिकार समूहहरुले यी आरोपहरुको विरोध गरिरहेका छन् । स्थानीय अधिकारकर्मी लाला रोबिनले भने ‘यो झुटो आरोप हो र अल्पसंख्यकहरुले अहिले पाकिस्तानमा धेरै असुरक्षित महसुस गरिरहेका छन् ।

यो टिएलपी पार्टीको आफ्नो राजनैतिक धरातल बलियो बनाउने प्रयास भएको बताउँदै उनले फैसलाबादका क्रिस्चियन नर्सहरु ‘डरको राज्य’मा बसिरहेको बताए । यस वर्षको सुरुवातमा पनि एक क्रिस्चियन नर्सलाई उनकी साथीले ईशनिन्दाको झुटो आरोप लगाएपछि ती नर्सलाई बाँधेर यातना दिइएको थियो । फेब्रुअरीमा कराचीको सोभराज मेटरनिटी अस्पतालमा ३० वर्षकी तबिना नाजिर गिलमाथि यातना दिनेहरुमा अस्पतालकै कर्मचारी पनि थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार