काठमाडौं । मोरङ जिल्लाको सुन्दरहरैचा विराटचोक–१२ निवासी कुलप्रसाद सुवेदीले जीवन संगिनी दमन्ताको जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी भविष्यप्रतिको उत्तरदायित्वको प्रतीक बनाएका छन्। अधिकांशले जन्मदिनमा भोजभतेर, पार्टी वा महँगो उपहारमा खर्च गर्ने चलनबीच सुवेदिले श्रीमती दमन्ता ढकाल सुवेदी को ३८औँ जन्मदिनको अवसर पारेर आइएमई लाइफ इन्स्योरेन्समार्फत ६ लाख रुपैयाँ बराबरको जीवन बिमा गर्दै अनुकरणीय उदाहरण प्रस्तुत गरेका हुन्। आज सम्पन्न विशेष कार्यक्रममा विराटचोक शाखाका साखा प्रमुख यामनाथ दाहाल साथै एजेन्सि मेनेजर संजिव भट्टराई , शम्भु फुयाल तथा सुभचिन्तक को उपस्थितिमा जीवन बिमा पोलिसी औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रम केक सेलेब्रेशनसहित भव्य र भावनात्मक वातावरणमा सम्पन्न भएको थियो। उपस्थित सबैले सुवेदि दम्पतीको निर्णयको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा बोल्दै दमन्ता ढकाल सुवेदी ले भनिन,मैले १ वर्ष अघि श्रीमानको जन्म दिनमा मैले यसै आईएमई लाईफको सवल बिमा नै सरप्राईज सवरुप उपहार दिएको थिए श्रीमान विदेशमा रहेर मलाई पनि आज उपहार बिमा पोलेसि पाउदा हर्षित छु ‘हामीले यो जन्मदिन फजुल खर्चमा होइन, बचत र सुरक्षामा रूपान्तरण गरेका छौँ। परिवारको भविष्य सुनिश्चित गर्नु नै साँचो प्रेम र जिम्मेवारी हो भन्ने सन्देश दिन चाहान्छौ ।’ कुल प्रसाद सुवेदि को यो कदमले बिमा केवल आर्थिक सुरक्षा मात्र होइन, सामाजिक सचेतना र उत्तरदायित्वको बलियो सन्देश दिएको छ। जन्मदिनजस्ता व्यक्तिगत उत्सवलाई आईएमई लाईफ इन्स्योरेन्स को पोलेसि लिई दीर्घकालीन सुरक्षासँग जोडेर समाजमा सकारात्मक सोच र वित्तीय अनुशासनको उदाहरण प्रस्तुत गरेको भन्दै आफन्त, नातागोता लगायत कार्यक्रम सहभागी छिमेकी समाजसेवि रामचन्द्र भट्टराईले यसलाई प्रेरणादायी कार्यको प्रशंसा गर्दै जन्मदिनको सुभकामना दिएका थिए । दमन्ता र कुल प्रसादले बीमाको महत्व र आवस्क्ता वारे प्रष्ट पारी भविष्यको लागि सहज सरल वनाउन खेलेको भुमिकाको प्रशंसा गर्दै बीमा मध्यस्तकर्ता अनिता सुविदी गौतम लाई धन्यबाद ज्ञ्यापन गरेकाछन् ।