free website hit counter

कुलमानको नियुक्तिमाथि प्रधानमन्त्रीले नै कानुनी प्रश्न उठाएपछि….

beemaadmin
२०७७ भाद्र २९, सोमबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले सोमबार पनि नियुक्ति गर्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव गएपछि कानुनी प्रश्न उठाएका कारण कुलमानको पुननियुक्ति रोकिएको हो ।

उनले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आजको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न नसकेको बताइएको छ । आजको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेकोमा प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि बैठकको मुल एजेण्डामै प्रवेशै नगरी विषयान्तर भएको थियो । ४ वर्षे कार्यकाल आइतबार सकिएका कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्ने दवाव चौतफी भएपनि आज नियुक्ति हुन नसकेको हो ।

सम्बन्धित समाचार