free website hit counter

कुलमानको समर्थकलाई पानीको फोहोरा

beemaadmin
२०७७ भाद्र ३१, बुधबार

काठमाडौं । एउटा सफल व्यवस्थापन जसले देशलाई अन्धकारबाट उज्यालो युगतर्फ अघि बढाए उसको समर्थनमा आम नागरिक निस्कनु नौलो होइन । विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भयो । यसै क्रममा काठमाडौंको माइतीघरमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित उत्रिएकालाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। पानीको फोहोरा प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्।
घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। घिसिङ बुधबार प्राधिकरणबाट बिदाइ भएका थिए। नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ। तर ऊर्जा मन्त्रालयले भने गत सोमबारको मन्त्रिपरिषद बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै लगेको थिएन।

सम्बन्धित समाचार