free website hit counter

कुलमानबारे भोलि निर्णय हुने, दुइ वर्ष कार्यकाल थप्ने तयारी

beemaadmin
२०७७ भाद्र २५, बिहीबार

काठमाडौँ । बिहीबार बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ । पार्टीको कामका कारण मन्त्रिपरिषद् बैठक बस्न नसकेको हो । मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।

मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निरन्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन । स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन । दुई वर्षका लागि फेरि जिम्मेवारी दिने कि चार वर्षका लागि भन्ने यकिन भइसकेको छैन । मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार