free website hit counter

कुलमानलाई अघि सार्दैछन् युवा

beemaadmin
२०८२ कार्तिक १८, मंगलवार

काठमाडौं । मुलुकमा युवाको चाहना पुराना दलको विकल्पमा युवा शक्तिको उयद थियो । तर त्यतिठूलो बलिदानपछिको समयमा पनि नया दलको आकर्षण पूरा गर्ने गरी कुनै पार्टीको जन्म भउको छैन । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास अनि ऊर्जा जलस्रोत तथा सिँचाइगरी तीन वटा मन्त्रालय सम्हालिराखेका कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। रास्वपा छोडेकी सुमना श्रेष्ठ, गणेश योञ्जन, मुक्तसिंह लामा लगायत कम्तीमा दस जना नेताले दलको विधान, संगठनात्मक संरचना टुंगो लगाइसकेका छन्। कुलमानकै अध्यक्षतामा दल दर्ताको तयारी भइरहेको छ। नयाँ दल दर्ताको लागि तयार पारिएको विधानमा पार्टीको नाम उज्यालो नेपाल, लोककल्याणकारी राज्यप्रति प्रतिबद्ध, संघीयता र गणतन्त्र मान्ने अनि संसदीय व्यवस्थालाई अझै सुधार गरेर जानुपर्ने लगायतका विषय प्रस्टसँग लेखिएको नेताहरूको भनाइ छ। प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान राख्न नहुने मत विधानमा छ। कुलमानलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपा छोडेका एउटा र त्यहीँ रहेकाहरूको अर्को समूह, जेन–जीका सुदन गुरुङ लगायतका चार समूहले साथ दिएका छन्। यसबाट उनी उत्साहित छन्। कुलमानले जेन–जीका प्रभावशाली देखिएका सुदन गुरुङदेखि रक्षा बम हुँदै रिजन रानामगरसम्म छलफल गरिसकेका छन्। पार्टीमा पदाधिकारी भएका मान्छेहरू सकभर सरकारमा नजाने, अध्यक्ष पद सेरेमोनियल रहने, सामूहिक निर्णय गर्नको लागि काउन्सिलको व्यवस्था राख्ने र केन्द्रीय समितिले सन्तुलनमा राख्नसक्ने प्रावधान विधानमा राखिएको ती नेताले बताए। कात्तिक १७ गते नै दल दर्ता गर्न निर्वाचन आयोग जाने तयारी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग निर्णायक छलफल गर्नुपर्ने भन्दै कुलमान रोकिएका छन्। रविलाई बालेनका निकट सहयोगी कुमार बेन र कुलमान पक्षकै केहीले सन्देश पठाएका पनि हुन्। रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनालले कात्तिक १६ नख्खु कारागार पुगेर सभापति रवि लामिछानेसँग कुलमान पक्षको प्रस्तावमाथि पनि छलफल गरेका थिए। तर, सभापति छोडेर मिल्ने सम्भावना नरहेको प्रस्ट सन्देश उनले पठाएका छन्। प्रवक्ता मनीष झाले पनि कुलमानले नयाँ दल नखोली रास्वपासँग सहकार्यका लागि कुरेर बसिराखेको बताए। रास्वपालाई लामो समय नकुर्न उनी पक्षकाले कुलमानलाई सुझाव दिएका छन्। बरु रास्वपाले एउटै पार्टीमा सँगै जान नसके पनि चुनावमा सहकार्य हुनसक्ने निष्कर्ष कुलमान पक्षलाई दिएको छ। रास्वपासँग मिलेर जाने सम्भावना कमजोर बन्दै गएपछि कुलमानलाई आफ्नै नेतृत्वमा दल दर्ता गर्न उनी पक्षकाले दबाब बढाएका छन्। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने अन्तिम मिति मंसिर १० गतेसम्म तोकेको छ। दल दर्ता गर्न जति ढिला भयो, प्रचारप्रसारका लागि समय अभाव हुने भएकोले कुलमानलाई छिटो निर्णयमा पुग्न भनेका छन्। तर, उनी अझै एकपटक अन्तिम छलफल गरेर मात्र नयाँ पार्टी दर्तातर्फ जान चाहन्छन्।
कुलमान अहिले मन्त्री छन्। आफ्नै नेतृत्वमा दल दर्ता गर्न कुलमानले आनाकानी गरिरहे जेनजीकै कुनै एक जनालाई अध्यक्ष बनाएर दल दर्ता गर्नेगरी तयारी भइसकेको यसमा संलग्नहरू बताउँछन्। रास्वपा छोडेकी सुमना श्रेष्ठले अध्यक्ष सेरेमोनियल बनाएर सामूहिक नेतृत्व प्रणालीमा जाँदा नेतृत्वमा आफ्नो दाबी नहुने प्रस्ट सन्देश समूहभित्र दिइसकेकी छन्। यस्तै, सुदन गुरुङले पनि तत्काल नेतृत्व नलिने बताएका छन्। उता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि धेरै जेनजीहरू जहाँ हुन्छन्, आफूले सोही पार्टीलाई सहयोग र समर्थन गर्ने सन्देश पठाएका छन्। सबैको सुझाव अनुसार कुलमानकै नेतृत्वमा जाँदा बलियो बनिने उनीहरूको निचोड छ। कुलमानका प्रेस संयोजक सचेन गौतमले दल दर्ताको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। घिसिङले दल खोल्नलाई मन्त्रीबाट राजीनामा दिन लागेको हल्लाको खण्डन गर्दै आफू जेनजी आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील रहेको जनाएका छन्।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार