free website hit counter

कुवेतमा ह्वात्तै बढ्यो कोरोना संक्रमित नेपालीको संख्या

beemaadmin
२०७७ बैशाख २२, सोमबार

एजेन्सी । नेपाली श्रमिकहरुको रोजगार गन्तव्यको रुपमा रहेको कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको दूतावासले बताएको छ । पछिल्लो अवस्थामा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको दूतावासले बताएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । पर्याप्त सतर्कता अपनाउन र शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि नेपाली जनसमुदायलाई दूतावासले आग्रह गरेको छ । कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार