free website hit counter

कुवेतमै गयो दिलिपको ज्यान

beemaadmin
२०७७ चैत्र १, आईतवार

दोहा । परिवारलाई सुख दिने सपना बोकी विदेशी भूमिमा पसिना बगाउन गएका एक नेपालीको सपना उतै अस्ताएको छ । बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिहं बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो । गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो । मृतक कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि गैरकानुनी रुपमा कार्यरत थिए र उनले पहिले काम गर्ने कुन कम्पनी हो भन्ने बारे केही खुलेको छैन । मृतकको परिवारसँग सामान्यव गरि आवश्यक प्रक्रिया पुर्‍याएर शव स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। मृतकको घरमा श्रीमती र तीन छोराहरु रहेको बुझिएको छ।

सम्बन्धित समाचार