free website hit counter

कृषि तथा पशुपंक्षी बीमा निर्देशिका जारी (पूर्णपाठ)

beemaadmin
२०७७ मंसिर १६, मंगलवार

काठमाडौं । बीमा समितिले कृषि तथा पशुपंक्षी निर्देशिका २०७७ जारी गरेको छ । बीमा समितिको निर्णय अनुसार कृषि तथा पशुपंक्षी निर्देशिका जारी गरिएको हो ।

बीमा समितिले २०६९ सालमा जारी गरेको बाली तथा पशुपंक्षी निर्देशिकालाई संशोधन गर्दै २०७७ मंसिर १५ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपंक्षी बीमा निर्देशिका जारी गरेको हो ।

जारी कृषि तथा पशुपंक्षी बीमा निर्देशिका २०७७ अनुसार चालु आर्थिक वर्षदेखि हरेक निर्जिवन बीमा कम्पनीहरुले बार्षिक कूल व्यवसायको पाँच प्रतिशत कृषि बीमा अनिवार्य गरिएको छ । नयाँ निर्देशिका मार्फत निर्जिवन बीमा कम्पनीहरुले बीमक कम्पनीहरुलाई कृषि बीमा बाध्यकारी बनाएको हो ।

निर्जिवन बीमा कम्पनीहरुले कृषि बीमातर्फ आकर्षित नभएपछि बीमा समितिले खुद बीमा शुल्कको पाँच प्रतिशत बीमा शुल्क कृषि बीमा बापत हुनुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार छोटो अवधीको बीमालेखमाथि समयावधी बढाउन नपाइने व्यवस्था गरेको छ । त्यस्तै कृषि तथा पशुपंक्षी बीमाको लागि छुट्टै मूल्याङ्कनकर्ताको व्यवस्था समेत गरिएको छ । नयाँ व्यवस्था अनुसार यसअघि सर्भेयरले गर्ने काम पशु तथा बालीमा पुगेको क्षतिको मूल्याङ्कन बीमा समितिले तोकेको मूल्याङ्कनकर्ताले गर्ने व्यवस्था गरिएको छ ।

 

सम्बन्धित समाचार