free website hit counter

कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सकियो

beemaadmin
२०७७ माघ १९, सोमबार

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले कन्चनपुरको महेन्द्रनगरमा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। माघ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरु लगायत स्थानिय कृषक, नगरपालिका कृषि प्राविधिक, जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

नेपालमा कृषि क्षेत्रलाई विस्तार एवम् प्रबर्द्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने कार्यमा कृषि तथा पशुपन्छी बीमाले महत्वपुर्ण भुमिका खेल्ने हुँदा सहभागीहरुलाई आ-आफ्नो कार्यक्षेत्रमा गई कृषि तथा पशुपन्छी बीमा सम्बन्धी ग्रामिण स्तरका कृषकहरु सम्म पहुँच पुर्याउन प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अनुरोध गरेका थिए। यसले सुदुर पश्चिम क्षेत्रका कृषकहरु लाभान्वित हुने शाहले बताए।

Advertisement
Advertisement

कार्यक्रममा हेल्भीटास कन्चनपुर जिल्लाका प्रमुख टेक बहादुर सिंहले कृषि बीमा सम्बन्धमा प्रदेश सरकारबाट भए गरेका कार्यहरु, आधुनिक कृषि प्रणाली तथा कृषि तथा पशुपन्छी बीमाको नीतिगत, प्रकृयागत तथा सुचनामुलक समस्याहरु बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा सहभागीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले प्रमाणपत्र वितरण गरेका थिए।

Advertisement
Advertisement

सम्बन्धित समाचार