free website hit counter

कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन

beemaadmin
२०८० चैत्र २५, आईतवार

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सम्बन्धी तालिम संचालन गरिरहेको छ । कम्पनीले उक्त तालिम चैत २४ गतेबाट संचालन गरेको हो । तालिम चैत २६ गतेसम्म संचालन गर्ने कम्पनीले जनाएको छ । उक्त कार्यक्रम कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्र नाथ उप्रेतीको प्रमुख अतिथ्यमा आयोजना गरिएको हो । साथै कम्पनीको सुदुर पश्चिम प्रदेश कार्यालयका प्रदेश प्रमुख समिर प्रधान र महेन्द्रनगर शाखाका शाखा प्रमुख राजेन्द्र बिष्टको उपस्थिती एवं कार्यक्रमको संयोजन बिपुल खरेलले गरेका थिए । सो तालिम कार्यक्रममा सुदुर पश्चिम प्रदेश अन्र्तगत बिभिन्न जिल्लाहरुबाट उत्साजनक रुपमा सहभागिता रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार