free website hit counter

कृषि बीमाको भुक्तानी नरोक्न निर्देशन

beemaadmin
२०८१ बैशाख १३, बिहीबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी तत्काल सुरु गर्न निर्देशन दिएको छ । नेपाल बीमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो । संघले नेपाल सरकारले कृषि बीमाको अनुदान रकम नदिएसम्म दावी भुक्तानी नगर्ने भन्दै बुधबार एक विज्ञप्ति जारी गरेको थियो । जसमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले उक्त निर्णयबाट पछि हट्न बीमा कम्पनीहरुलाई निर्देश गरेको हो ।

कृषि बीमाको अनुदान नदिएसम्म भुक्तानी रोक्ने चेतावनी
कृषि तथा पशुपन्छीं बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छीं विकास मन्त्रालयसंग बारम्बार समन्वय तथा पहल भईरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुदाँ तत्काल उक्त विज्ञप्ती फिर्ता लिई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी सुचारु गरियोस्, प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै, आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनियतामा नै असर पर्ने खालका विज्ञप्ती एंव सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले जानकारी गराएको छ ।

सम्बन्धित समाचार