free website hit counter

कृषि बीमा आवश्यकता मात्रै होइन अनिवार्य हो

beemaadmin
२०७६ आश्विन १२, आईतवार

नेपालको अर्थतन्त्र ६०–७० प्रतिशत कृषिमा नै आधारित छ । समग्र देश विकासमा कृषि बीमा आवश्यकता मात्रै होइन अनिवार्य नै छ । कृषिमा लगानी बढाउन आवश्यकता भइरहेको छ । उक्त लगानीको सुरक्षा बीमाले गर्ने हो । बीमाले सम्भावित घटनाबाट हुने क्षतिको पूर्ति गर्ने हो । जसले पुनस्र्थापना गर्न र व्यवसायिक बनाउन सहयोग गर्दछ ।

सरकारले पशु तथा बाली बीमालाई प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला र बीमा कम्पनी छुट्याएर जिम्मेवारी दिइसकेको छ । कृषकमाझ जनचेतना फैलाई कृषको पशु तथा बालीको जोखिम हस्तान्तरण गरेर कृषि पेशालाई सुरक्षित गर्ने उद्देश्य सरकारको रहेको छ । तर चेतनाको अभाव र आर्थिक अवस्थाले गर्दा चित्तबुझ्दो गरी पशु तथा बाली बीमामा आकर्षण देखिन सकेको छैन । बाली बीमाको तुलनामा पशु बीमा कृषकको आकर्षण बढ्दै गएको छ । पशुजन्य वस्तुरुको मूल्यवृद्धि र त्यसमा हुने जोखिमका कारण पशु बीमामा आकर्षण देखिएको हो । सरकारले समेत पशु तथा बाली बीमामा ७५ प्रतिशत अनुदान प्रदान गरेको छ । यो जानकारी प्रत्येक किसानको कानमा पुग्नु जरुरी छ । हिजोको दिनमा कृषिका लागि कुनै कोष थिएन ।

हाल आएर अरवौंको सुरक्षाकोष तयार हुँदैछ । जसले आगामीदिनमा बीमा शुल्कमा पुनर्विचार र दाबीमा भुक्तानीको सहज वातावरणको प्रसस्त सम्भावना देखिन्छ । बीमा कोष बढ्दै जाँदा जोखिम धारण गर्नसक्ने क्षमता वृद्धि भई पहुँच र दायरा पनि दिनदिनै बढ्दै जान्छ । समग्रमा कृषिसम्बन्धी सम्पूर्ण उद्योगहरु बीमाको दायरामा आउँछन् र आउन जरुरी पनि छ । सहकारी, विभिन्न समूह, स्थानीय निकायहरुमार्फत् कृषि तथा बाली बीमामा छिटो पहुँच पु¥याउन सकिन्छ । यसरी अघि बढियो भने देशले आर्थिक क्रान्तिमा फड्को मार्न सक्छ ।

गाउँघरमा पालिने एउटा सामान्य भैंसीको मूल्य अहिले एक लाखभन्दा बढी हुन्छ । एक लाख मूल्यको भैंसी बीमा गरियो भने त्यसको वार्षिक किस्ता पाँच हजार पर्न आउँछ, त्यसको ७५ प्रतिशत अर्थात् ३७ सय ५० त सरकारले नै तिरिदिन्छ । बाँकी रहेको १२ सय ५० कृषकले बुझाउँदा भैंसीको जोखिम सुरक्षित हुन्छ । जबकि एक माना घिउले सिंगो भैंसीलाई वर्षदिन सुरक्षा दिन्छ । बीमाको महत्व नबुझेकै कारण गाउँघरमा एउटा भैंसी मर्दा परिवारकै उठिबासै लाग्ने अवस्था छ । त्यसैले बीमाको महत्वका बारेमा सबैका माझमा चेतना फैलाउनु आवश्यक छ ।

  • पशु बीमाका लागि उमेर
  • बीमा गरिने गाईको उमेर दुई वर्षदेखि दश वर्षसम्म ।
  • राँगा–भैंसी तीन वर्षदेखि बाह्र वर्षसम्म ।
  •  बाछी वा पाडा छ महिनादेखि दुई वर्षसम्म
  •  भेडा–बाख्रा–बङ्गुर तीन महिनादेखि बिक्री–वितरणयोग्य नभइन्जेलसम्म ।
  • बहर वा साँडे प्रजननका लागि तीन वर्षदेखि बाह्र वर्षसम्म ।
  • सामान्यतया गाई, भैंसी पहिलो बेतबाट बीमायोग्य मानिन्छन् ।

 

बिक्री वितरणको तरिका
बीमित बाली, पशुपंक्षी बिक्री–वितरण गर्नुपरेमा सम्बन्धित बीमा कम्पनीलाई जानकारी दिनु पर्दछ । हाल सबै कम्पनीहरुका टोलफ्रि नम्बरहरु छन् त्यसै निःशुल्क कल गरेर सबै कुरा बुझ्न सकिन्छ ।

क्षतिपूर्ति पाइने अवस्था
आकस्मिक रूपमा बाढी, पहिरो, भूकम्प, डुबान, चट्याङ, आगलागी, भू–स्खलन, हिउँ, आधिबेहरी, दुर्घटनाजस्ता कारणले पशुको मृत्यु भएमा कुल रकमको अधिकतम ९० प्रतिशत र पूर्णरूपमा स्थायी अशक्त भएमा ५० प्रतिशत रकम क्षतिपूर्ति दिने व्यवस्था छ । तर उक्त घटनाको जानकारी तीन दिनभित्रै दिई आवश्यक कागजातसमेत पेस गर्नुपर्ने हुन्छ ।

(लेखक नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार