free website hit counter

कृषि विकास बैंकको अध्यक्षमा निरौला

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । सरकारको मन्त्रीस्तरीय निर्णयबाट कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका उनी सञ्चालक समितिको बैठकबाट सर्वसम्मत चुनिएका हुन् । अध्यक्ष निरौलाले बुधबार नै गभर्नर डा. चिरञ्जीवि नेपालबाट पद तथा गोपनियताको शपथसमेत लिएका छन् । मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रुपमा लामो समयको अनुभव बटुलेका उनले गत माघमा अवकास पाएका थिए । निरौलाले ०४६ माघ ८ गते राष्ट्र बैंकको नोकरी सुरु गरेर ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । गत १८ कात्तिकमा नेपाल राष्ट्र बैंकले आफ्नै डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि विभिन्न आरोपमा छानबिन गर्दा निरौलाको नाम नयाँ डेपुटी गभर्नरको रूपमा आउन सक्ने चर्चामा थियो । राष्ट्र बैंकमा उनी अन्य कार्यकारी निर्देशकभन्दा वरिष्ठ भएकाले स्वाभाविक पनि थियो । तर, मन्त्रिपरिषद्ले श्रेष्ठलाई क्लिन चिट दिएसँगै निरौलाको डेपुटी गभर्नर बन्ने सम्भावना सकिएको थियो । नेकपा निकट मानिएका निरौलाले अवकासलगत्तै कृषि विकास बैंकको अध्यक्ष हुने सौभाग्य पाएका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार