free website hit counter

कृषि विकास बैंकको नाफा १.४२ अर्ब

beemaadmin
२०७८ माघ ७, शुक्रबार

काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा ७.६२ प्रतिशतले बढाउन सफल भएको हो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा ९.८७ प्रतिशतले बढेर २ अर्ब ८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ८९ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी बढेर ३ अर्ब ७४ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ८।७१ प्रतिशतले घटेर १० अर्ब ४३ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ११ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।
बैंकले यो अवधिसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म पनि बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। समीक्षा अवधिमा बैंकले खराब कर्जा दर (एनपीएल) घटेर २.०८ प्रतिशतमा सीमित बनाउन सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ३.१४ प्रतिशत रहेको थियो। सीडी रेसियो ९५.३२ प्रतिशत रहेको बैंकको आधार दर ७.५३ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.१० रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १७.७५ रुपैयाँ रहेको थियो। पीई रेसियो २२.३५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०५.४० रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार