free website hit counter

कृषि विकास बैंकको नाफा २ अर्ब बढी

beemaadmin
२०७८ बैशाख १४, मंगलवार

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३९ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशत बढेको छ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २१.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २.२९ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ। खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३७ पैसा घटेर २५ रुपैयाँ १५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ८२ पैसा रहेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार