free website hit counter

कृषि विकास बैंकको बोनस सेयर सेयरधनीको डिम्याटमा

beemaadmin
२०७८ फाल्गुन १८, बुधबार

काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। सेयर रजिस्ट्रार एनआईबिएल एस क्यापिटलका अनुसार बैंकको गत पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर गत पुस १९ गतेसम्म सेयर औभौतिकीकरण गराएका सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको हो। उक्त बोनस सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको पनि क्यापिटलले जनाएको छ।
गत पुस १५ गतेपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार