free website hit counter

कृषि विकास बैंकको मुनाफा ६० करोड

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

 

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड ३७ लाख ४३ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही समयको तुलना गर्दा ९.४८ प्रतिशतले नाफा बढाएको हो । गत वर्ष बैंकले ५५ करोड १४ लाख ६१ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २६ करोड १७ लाख ९५ हजार मात्रै रहेको छ । बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । प्रथम त्रैमासमा बैंकले एक अर्ब ६६ करोड ५१ लाख ९४ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ८.३४ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ८१ करोड ६६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

९ अर्ब एक करोड ५५ लाख २९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ३७ करोड ६७ लाख ८७ हजार राखेको छ । बैंकको निक्षेप ३.१६ प्रतिशतले बढेर एक खर्ब २३ अर्ब ५४ करोड ६७ लाख ८७ हजार रुपैयाँ पुगेको छ । कर्जा लगानी भने शुन्य दशमलव छ प्रतिशतले बढेर एक खर्ब ११ अर्ब ४६ करोड ५७ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार