free website hit counter

कृषि विकास बैंकको १८ ‍‍औं साधारण सभा सम्पन्न

beemaadmin
२०८१ माघ १, मंगलवार

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो । बैंकले बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तुरसेवाहरूलाई देशका अति दुर्गमदेखि सुगम ठाउँमा २८२ वटा शाखामार्फत आधुनिक बैकिङ सेवा पुर्‍याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको छ । सभामा सेयरधनीले उठाएका जिज्ञासा सञ्चालक समिति अध्यक्ष पुडासैनीले मेटेका थिए । साथै उनले सेयरधनीबाट प्राप्त सुझावलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिवद्धतासमेत व्यक्त गरे । सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त सभामा विभिन्न निकायरसंघरसंस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू क्रमश दीर्घराज मैनाली, डा। हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोदकुमार गुरागाईं, श्रीमती रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार