free website hit counter

कृषि विकास बैंक प्रकरणमा थप ३ जना समातिए

beemaadmin
२०७६ आश्विन १०, शुक्रबार

काठमाडौं । प्रहरीले कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड रुपैयाँ रकम चोरिएको घटनामा संलग्न भएको आशंकामा थप ३ जनालाई पक्राउ परेको छ। यसरीपक्राउ पर्नेमा पर्वतका गणेश बस्याल (२६), मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई रहेका छन् ।
भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका बस्यालले भने भारतमा रहेका मुख्य योजनाकार काले भनिने पिटरसँग सम्पर्क भएको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।
उनै बस्यालले मालती न्यौपाने र यसअघि पक्राउ परेका रामकृष्ण भुसाललाई रकम पठाउन लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस घटनामा प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार