free website hit counter

कृषि व्यवसाय प्रवर्द्धन गर्दै मेगा बैंक

beemaadmin
२०७९ बैशाख ३०, शुक्रबार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आईडीई नेपालसँग सम्झौता गरेको छ। काठमाण्डौको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंककी कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आईडीई नेपालका नेपाल प्रमुख कोरी ओ हाराबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। कार्यक्रममा मेगा बैंकका पदाधिकारी, आईडीई नेपाल, सीआईएमएमवाईटीका साथै आरएन्डडी इनोभेटिभ सोलुसनका पदाधिकारीको उपस्थिति थियो।
आईडीई नेपालसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवं साना तथा मझौला कृषकलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि आईडीई नेपालको सिफारिसमा साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।
सम्झौतापत्रमा हस्ताक्षरपछि बैंककी कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुका साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा रहेका बैंकका शाखामार्फत छिटोछरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
आईडीई नेपालका प्रमुख हारा एवं आरएन्डडी ईनोभेटिभ सोलुसन प्रालिकी प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुकीले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए।
आईडीई नेपालसँगको सम्झौताअन्तर्गत मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार