free website hit counter

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको १० लाख सहयोग

beemaadmin
२०७६ कार्तिक २१, बिहीबार

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाईरु. १० लाख आर्थिक सहयोग गरेको छ । बिहीबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडि स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । क्याम्पसमा हाल छात्र÷छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. हमालको अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बि.एड. कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरि ब्यबस्थापनको पढाई समेत संचालन गर्ने योजना बनाएको छ । सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखि सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार