free website hit counter

केवाइसी अद्यावधिक गर्न रिलायबल नेपाल लाइफको आग्रह

beemaadmin
२०८३ असार १५, सोमबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमित ग्राहकहरूलाई ग्राहक पहिचान विवरण (केवाइसी) अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ।

कम्पनीले सोमबार सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार विद्यमान सबै बीमितको ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।

Advertisement
Advertisement

सूचनाअनुसार बीमितले राष्ट्रिय परिचयपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित आफूलाई पायक पर्ने कम्पनीको शाखा वा उपशाखा कार्यालयमा उपस्थित भई ग्राहक पहिचान फाराम भरेर केवाइसी अद्यावधिक गर्नुपर्नेछ।

Advertisement
Advertisement

कार्यालयमा उपस्थित हुन नसक्ने ग्राहकका लागि कम्पनीले वैकल्पिक व्यवस्था पनि गरेको छ। त्यस्ता ग्राहकले कम्पनीको वेबसाइटबाट ग्राहक पहिचान फाराम डाउनलोड गरी आवश्यक विवरण भरेपछि कम्पनीको ग्राहक सेवा तथा संरक्षण विभागको इमेलमार्फत पठाएर पनि केवाइसी अद्यावधिक गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले सबै बीमितलाई समयमै केवाइसी अद्यावधिक गरी बीमा सेवा तथा भविष्यका कारोबारलाई सहज बनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार