free website hit counter

के हो कोरोनाको यूके भेरियन्ट ? सजिलो छैन सामना

beemaadmin
२०७७ चैत्र २९, आईतवार

काठमाडौं । कोरोनाको दोस्रो लहर नेपाल प्रवेश गरिसकेको छ । बेलैमा सचेतना अपनाइएन भने ठूलो भयावहको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । विज्ञहरुले कोरोनाको दोस्रो लहरबाट बच्न स्वास्थ्यका मापदण्ड सही तरिकाले पालना गर्न सर्वसाधरणलाई सुझाव दिएका छन् । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि केही दिनयता प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ । विज्ञहरु नेपालको अहिलेको अवस्थालाई संक्रमणको दोस्रो लहर समुदायमा देखिसकेको भन्दै सर्वसाधरणलाई सचेत गराइरहेका छन् । मानिसहरुले स्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्दा संक्रमण फेरि उकालो लागेको उहाँहरु बताउनुहुन्छ । पछिल्लो समय संक्रमण पुष्टि भएकाहरुमा कोरोनाको नयाँ प्रजाति यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले हाल नेपालमा कम उमेरका व्यक्तिलाई संक्रमण बढेको र उनीहरु यूके भेरियन्टबाट संक्रमित भएको पाइएको बताउनुभयो । नयाँ भेरियन्ट फैलिएको शंका गरिरहँदा उहाँले विद्यालय जाने तथा कम उमेरका व्यक्तिलाई संक्रमण हुन थालेको बताएका छन् ।

संक्रमितको उपचार धेरै हुने शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रम्ुख कन्सल्टेन्ट डा। अनुप बाँस्तोलाले अस्पतालमा भर्ना भएका संक्रमितमध्ये ४७ प्रतिशत ५० वर्षभन्दा कम उमेरका रहेको बताउनुभयो । उहाँले पहिलो भन्दा दोस्रो छाल बढी खतरनाक रहेको भन्दै यही गतिमा अस्पताल भर्ना हुने दर बढेमा संक्रमितको मृत्यु हुने दर पनि बढ्न सक्ने चेतावनी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेका परीक्षणमा डेढ महिनायता यूके भेयिन्टसँग मिल्दो संक्रमित भेटिरहेको उहाँले बताउनुभयो । कोरोनाभाइरसको कुन प्रकार हो भनेर निक्र्यौल गर्न जीन सीक्वन्सिङ गर्नुपर्ने हुन्छ । यो विधि जटिल र महँगो छ ।

जीन सिक्वन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवश्यक उपकरण तथा रसायन नेपाल ल्याइसकिएको र केही दिनमा नै परीक्षण सुरु हुने प्रयोगशालाका सूचना अधिकारी राजेकुमार गुप्ताले जानकारी दिनुभयो । यूके भेरियन्ट हो कि भनेर चिन्न अहिलेकै पीसीआरको विशेषीकृत प्रणालीबाट नमुनामा एस जीन नभएको पाइएमा त्यसमा उक्त भेरियन्ट हुन सक्ने शंका गरिन्छ । कम उमेरका व्यक्तिमा संक्रमण बढ्न थालेपछि विद्यालय तथा शिक्षण संस्था खोल्ने या बन्द गर्ने विषयमा सरकारले छलफल अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तथा २५ जनाभन्दा बढी भेला हुने क्षेत्र बन्द गर्न लगेको प्रस्तावमा कोभिड १९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीमा छलफल चलेको छ । यद्यपी यस विषयमा निर्णय भने भइसकेको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार