free website hit counter

के हो घोराही सिमेन्टको बदमासी ?

beemaadmin
२०८० असार ५, मंगलवार

काठमाडौं । ठूला घरानाले सबैतिर मिलाएर अपराध गर्छन् भन्ने कुरा घोराही सिमेन्टको आइपीओमा देखिएको छ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गते बिहीबारदेखि निष्काशन गरेको शेयर नेपाल धितोपत्र बोर्डले स्थगित गरेको छ । बोर्डले कम्पनीको शेयरमा फर्जी आवेन परेको भन्दै दिउँसो एक सुचना जारी गर्दै शेयर आवेदन स्थगित गरेको हो । कम्पनीको स्थगित शेयरमा करिब १० बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार अपराह्न ४ः४५ बजेसम्ममा ५ लाख ६२ हजार ४३ जना आवेदकबाट ९ अर्ब ८३ करोड ५५ लाख रुपैयाँ बराबरको २ करोड २६ लाख १७ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ६९ लाख ११ हजार ६७० कित्ता शेयरको ३.२७ गुणा बढी हुन आउँछ । यद्यपी कम्पनीको आईपीओमा ६५ हजार भन्दा बढीको आवेदकबाट ५ अर्ब २२ करोड रुपैयाँ बराबरको फर्जी आवेदन परेको सिडिएससीले जनाएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ । यस्तै १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको अंकित मूल्य १०० मा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिशेयर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।
सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुटाएको थियो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ७७ हजार २९० कित्ता, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ६ लाख ६ हजार ३५० कित्ता शेयर, सामुहिक लगानी कोषलाई ३ लाख २८ हजार ९६१ कित्ता शेयर र कम्पनीका कर्मचारीहरुलाई १९ हजार ५३० कित्ता शेयर बाँडफाँड गरे पश्चात बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्ता शेयर सहित ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणमा निष्काशनमा ल्याएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेका छन् । यस्तै प्रत्याभुतिकर्तामा भने नागरिक लगानी कोष रहेको छ ।

फर्जी आवेदन दिनेलाई कारबाहीको चेतावनी
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओमा झुटा आवेदन दिनेलाई कानुनी कारबाहीको चेतावनी दिएको छ। घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा ८५ लाखभन्दा बढी कित्ता झुटा आवेदन परेपछि सीडीएससीले एक सूचना प्रकाशित गर्दै यस्तो चेतावनी दिएको हो। आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिएर संगठित संस्थाले जारी गरेको आईपीओमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार झुटा एवं जालासाजीयुक्त कारोबार हुने व्यवस्था रहेको छ। त्यसैले त्यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानुनी कारबाही हुने सीडीएससीले चेतावनी दिएको हो। घोराही सिमेन्टको आईपीओमा ६५ हजारभन्दा बढी आवेदकबाट परेको ८५ लाख कित्ता बढी सेयर आवेदन रद्द भएको सीडीएससीले जनाएको छ। यी सबै आवेदकको बैंक खातामा पैसा नहुनु वा खातामा मौज्दातभन्दा बढी रकमको आवेदन दिएर रद्द भएको सीडीएससीले जानकारी दिएको छ। अझै यो रद्द भएको आवेदनमा ६ आवेदकबाट १०–१० लाख कित्ता सेयर माग भएको थियो। ठूलै चलखेल भएपछि नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले पनि आजै एक सूचना प्रकाशित जाँचबुझका लागि घोराही सिमेन्टको आईपीओको सम्पूर्ण निष्कासन प्रक्रिया स्थगन गरेको छ। यो विषयमा छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सेबोनले जनाएको छ।

सम्बन्धित समाचार

किन रोकियो सिटिजन लाइफको लाभांश

beemaadmin
२०८१ बैशाख २४, सोमबार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार