जोखिम हस्तान्तरण गरिने एउटा माध्यम हो– बीमा । आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो– बीमा । भोलि के हुन्छ भन्ने कसैलाई पनि पत्तो छैन । त्यही भोलि हुन सक्ने क्षतिको क्षतिपूर्ति हो बीमा । मानव समुदायलाई पर्ने ठूलो वा सानो क्षति, हानि, नोक्सानीलाई आपसी सहयोग तथा समझदारीको माध्यमबाट क्षतिपूर्ति गरिने व्यवस्थालाई नै बीमा भनिन्छ । बीमा गर्दा बीमक (बीमा कम्पनी) र बीमित (बीमा गर्ने व्यक्ति) बीच करार वा सम्झौता गरिन्छ, जसलाई प्रस्ताव फारम (बीमा गर्दा भरिने विवरणहरू) ले नै सम्झौताको रूप लिई बीमितको सहमतिबाट बीमासम्बन्धी पर्ने जोखिमलाई बीमिकलाई हस्तान्तरण गरिन्छ । यसरी जोखिम हस्तान्तरण गर्दा बीमा शुल्क अनिवार्य भुक्तानी गर्नुपर्दछ । बीमाको करारअनुसार बीमितको धनजनको क्षति भएमा बीमकले सो रकम उपलब्ध गराउन बाध्य हुन्छ ।
यसरी आर्थिक जोखिमको क्षतिपूर्ति गर्न सकिने एक मात्र माध्यम नै बीमा हो । छोटकरीमा भन्नुपर्दा बीमित र बीमकको हित र चाहनाअनुसारको वैधानिक करार नै बीमा हो । यस्तो करारले वैधानिकता प्राप्त गर्न बीमा शुल्क
(एचझष्गm) भुक्तानी हुनै पर्दछ । बीमाको क्षेत्रमा सम्पत्तिमाथिका जोखिमहरू, दायित्वहरू र शरीरको अङ्गभङ्गदेखि मृत्युसम्मको जोखिम वहन गर्नु नै पर्दछ । त्यसैले हाल आएर सर्वसाधारणदेखि मध्यमवर्गीय व्यक्तिहरूका लागि बीमा अति आवश्यक भइसकेको छ ।
नेपालमा बीमाको प्रवेश
नेपालमा बीमा व्यवसाय शुरुआती चरणमै छ । पहिले भारतीय बीमा कम्पनीहरूले खुलारुपमा कार्यालय खोली बीमा अभिकर्ता वा इन्सपेक्टरमार्फत नेपालमा बीमा व्यवसाय चालएका थिए । नेपाली बीमा कम्पनीको स्थापनाअघि आधा दर्जन भारतीय बीमा कम्पनीले नेपालमा काम गरेका थिए । बैंकिङ कारोबारको वृद्धिसँगै बीमाको महत्व र आवश्यकता बढ्न गई नेपाल बैंक लिमिटेडले वि.सं. २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको इतिहास पाइन्छ । यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी नै अहिलेको नेपाल इन्स्योरेन्स कम्पनी हो । विसं २०२४ साल पुस १ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा राष्ट्रिय बीमा संस्थान स्थापना भएको संस्थानले २०२४ साल फागुन ११ गतेदेखि आफ्नो कारोबार सञ्चालन गरेको थियो ।
राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ पारित भएपछि २०२५ साल पुस १ गतेदेखि राष्ट्रिय बीमा संस्थानले जीवन तथा निर्जीवन दुवै बीमा गर्दै आइरहेको छ । बीमा व्यवसायलाई व्यवस्थित गर्न बीमा नियामक निकाय स्थापना गर्न २०२५ सालमा छुट्टै बीमा ऐन जारी भएको थियो । यसले बीमा समितिको स्थापना ग¥यो । सोही ऐनअनुसार बीमा नियम २०२६ समेत पारित भई कार्यान्वयनमा आएको हो । उद्योग, व्यापार तथा यातायात क्षेत्रको विकास हुँदै गएपछि थप बीमा कम्पनीहरू थपिँदै जाने क्रममा २०४४ सालमा जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बिमकको रुपमा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीको स्थापना भएको थियो ।
२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनासँगै नेपाल सरकारले आर्थिक उदारीकरणको नीति अंगीकार गरेसँगै हाल १९ वटा जीवन बीमा, २० वटा निर्जिवन बीमा र एउटा पुनर्बिमा कम्पनी क्रियाशील छन् । नेपालको बीमा बजारप्रति बहुराष्ट्रिय बीमा कम्पनी, पुनर्बीमा कम्पनीलगायत अन्तर्राष्ट्रिय बीमा संगठनले समेत चासो राख्दै आएका छन् ।
पुनर्बिमा कम्पनी
नेपालका बीमा कम्पनीहरूले बिमा गरेको निश्चित जोखिमको रकम आफूले राखेर विदेशी कम्पनीसँग पुनर्विमा गराउँदै आएका थिए । यसले नेपालको ठूलो धनराशी विदेशीने गरेका कारण नेपालमै पुनर्बिमा कम्पनीको आवश्यकता महसुस भएको हो । त्यही आवश्यकतालाई पूर्ति गर्न वि.सं. २०७१ साल कात्तिक २१ गतेदेखि नेपाल पुनर्विमा कम्पनीको स्थापना भएको छ । यो कम्पनीको स्थापनासँगै नेपालबाट बाहिरिने ठूलो धनराशी नेपालमै रहन सफल भएको छ । त्यसो त बीमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बिमा संस्थानले निश्चित रकमको पुनर्बिमा नेपालमै गराउने पर्ने प्रावधान पनि लागू गरिसकेको छ ।