free website hit counter

के हो यौन असन्तुष्टिको कारण ?

beemaadmin
२०७७ आश्विन ४, आईतवार

धेरैजसोले भन्ने गर्छन्, यौनमा सन्तुष्टि पाइएन । कतिले ‘सिघ्रस्खलनको समस्या भएको’ बताउँछन् । कोहि गुनासो गर्छन्, ‘मेरो पार्टनरलाई यौन सम्पर्कमा रुची भएन ।’ कसैलाई लिंग सानो भयो भन्ने भ्रम त कसैलाई योनीद्वार खुकुलो भयो भन्ने पीर । दम्पतीको यौन जीवनमा यस्ता अनेकन गुनासोहरु सुनिन्छ । भनिन्छ, दम्पतीबीचको कलह शयन कक्षबाट सुरु हुन्छ । यौन असन्तुष्टिले नै पती-पत्नीमा मनमुटाव ल्याउने हो । भ्रम पैदा गर्ने हो । तर अधिकांशले गर्ने भूल के भने, आफ्नो यौन जीवन किन खल्लो हुन्छ भनेर घोत्लिदैनन् । बरु, पार्टनरलाई दोष दिइरहेका हुन्छन् । किनभने समस्याको जरा हामीभित्रै छ ।

यौन शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ । जुन यौन क्रियामा भावना हुदैन, त्यो बर्बरतापूर्ण सम्बन्धलाई ‘यौन हिंसा’को रुपमा लिनुपर्ने हुन्छ । यस किसिमको सम्बन्धले सेक्स एडिक्सनलाई जनाउँछ । खासगरी कामवासनाले ग्रस्त व्यक्तिहरु यस किसिमको प्रवृत्ति हुन्छ । अहिले यौन बिकृति र सेक्स एडिक्सनको संख्या बढ्दै गएको पाइन्छ ।

वैदिक कालदेखि नै यौनको चर्चा

यौन क्रिया अनादि कालदेखि चल्दै आएको यस्तो पक्रिया हो, जसले सृष्टिलाई चलायमान बनाइरहेको छ । त्यसैले त हाम्रा ऋषिमुनीहरुले यौनलाई महत्व दिदै त्यसको विधी र प्रक्रियाको बारेमा व्याख्या, विश्लेषण गरेका छन् । महार्षि वात्यासनले कामसुत्रको रचना गरेका थिए, जो विश्वको प्रथम यौन सहिंता हो । यो ग्रन्थको रचना इशाको तृतिय सताब्दीमा भएको विश्वास मानिन्छ । यसले के कुरा पुष्टि गर्छ भने विश्वमा कामसुत्रको बर्चश्व सत्र शताब्दीदेखि छाएको थियो । संसारको कैयौं भाषामा यसको अनुवाद छ ।

रजनिशलाई यौनको महान व्यख्याता मानिन्छ । उनले यसैको सेरोफेरोमा एक पुस्तक लेखेका थिए, ‘सेक्स से समाधी और’ । यौनलाई चरम आनन्दको अनुभूत गर्ने माध्यामको रुपमा अर्थ्याएका थिए, रजनिशले ।

 ‘छाडा कुरा’ होइन यौन

यौन छाडा कुरा होइन, न बर्जित नै । तर, यसको आफ्नो सीमा र प्रक्रिया छ । यौनलाई त्यती नै ग्रहण गर्नुपर्छ, जति हामीलाई प्रकृतिले दिएको छ । यौनमा अति लिप्त हुनुले विकृत मानसिकताको संकेत गर्छ । यसले यौन हिंसा, बलात्कार जस्ता कुकर्म गर्न उक्साउँछ । यौन त्यसबेला छाडा हुन्छ, जहाँ कसैमाथि बर्बतपूर्वक शारीरिक सम्पर्क गर्ने चेष्टा राखिन्छ ।

यौनको विधी छ, समय छ र स्थान छ । कुन बेला यौन सम्पर्क गर्ने, कहाँ गर्ने, कसरी गर्ने भन्ने कुराको खोज र अभ्यास सदियौंदेखि हुँदै आएको छ । त्यसैले जतिसुकै बेला, जहाँपायो त्यही यौन सम्पर्कका लागि उत्साहित हुनु वा त्यस्तो मानसिकता राख्नु चाहि ‘छाडापन’ हो ।

प्रकृतिले समेत यौनका लागि निश्चित समय दिएको छ । चराचर जगत यौनमै अडिएको छ तर, एउटा प्रक्रियाभित्र रहेर । चराचुरुङ्गी, किरा फट्याङ्ग्रा, जीवजन्तु नाङ्गै हुन्छन् । तर, जतिबेला पनि उनीहरु यौनमा लिप्त हुँदैनन् । एउटा निश्चित समय आउँछ, जतिबेला उनीहरु यौन क्रियामा सहभागी हुन्छन् । तर, सृष्टिको सर्बश्रेष्ठ प्राणी भएर पनि मान्छे यौनमा अराजक छन् ।

जबकी हाम्रो धर्म, संस्कार आदिले यौनलाई नियमन गर्ने प्रयास गरेको छ । पूजा आजा, तिर्थ, ब्रत, उपवास आदिको माध्यामबाट यौन क्रियालाई सहि बाटोमा डोहोर्‍याउन खोजिएको छ । तर, हामीले यसको मर्मलाई बुझेका छैनौ ।

यौनमा असन्तुष्टिको कारण के हो 

१. जब तपाईले यौनको बारेमा बुझ्नुहुन्न, तपाईको यौन जीवन खल्लो हुन्छ । किनभने यौन शारीरिक क्रिया मात्र होइन । अर्थात लिंग र योनीबीचको घर्षणबाट मात्र यौनआनन्द प्राप्त हुने होइन ।

२. विधी, प्रक्रियागत ढंगले यौन क्रियामा सहभागी नहुदा त्यसबाट यौन आनन्द मिल्दैन ।

३. तनाव, शरीरिक पीडा आदिले यौन सुख मिल्दैन । हतारमा, भयमा गरिने यौन क्रियाको खास अर्थ छैन ।

४. हर्मोनको परिवर्तन, पाटेघरको संक्रमण, यौन रोगको कारण कति महिलाको लागि यौन क्रिया पीडादायी बन्ने गर्छ । यस्तो अवस्थामा पुरुषले आफ्नो मात्र सन्तुष्टिलाई ख्याल गर्नु राम्रो होइन ।

 

कसरी प्राप्त गर्ने यौन सुख 

यौनमा शारीरिक तथा मानसिक सहभागिता र सक्रियता चाहिन्छ । यसको लागि दुबै पार्टनर तयार हुनुपर्छ ।। यसको लागि निश्चित समय, स्थान पनि उपलब्ध हुनुपर्छ ।

के भनिन्छ भने, दाम्पत्य जीवन त्यसबेला उमंगमय बन्छ, जब पति-पत्नी यौनमा एकअर्काको परिपुरक बन्न सक्छन् । यौन शरीरका पाँचै इन्द्रियले अनुभूत गर्नुपर्छ । योनीको मिलन एवं घर्षण संभोग हो । यसको अन्तिम परिणति चरमोत्तकर्ष एवं स्खलनमा हुन्छ ।

यौन सुख प्राप्त गर्नका लागि सबैभन्द पहिला त मानसिक र शारीरिक रुपमा दुबै पार्टनर इच्छुक हुनु नै हो । त्यसपछि विधिपूर्वक गरिने यौन क्रियाले सन्तुष्ट दिने बताइन्छ । यौन प्रक्रिया सुरु गर्नुअघि सरसफाई अति आवश्यक हुन्छ । कतिपयले त नुहाइसकेपछि मात्र यौन क्रियामा सहभागी हुन्छन् ।

यौन क्रिया सुरु गर्नुअघि अपनाउने विधी, यौन आसन जस्ता कुराले यौन सन्तुष्ट हासिल गर्न सकिन्छ, जो सदियौदेखि अभ्यास हुँदै आएको छ ।

सहि किसिमको प्राकक्रिडाले यौन क्रियामा चरम सन्तुष्ट दिलाउँछ । अक्सर पुरुषको तुलनामा महिलाहरुलाई चरम सुखको स्थितीमा पुग्न अलि बढी समय लाग्छ । यौन सुख अर्थात संभोग क्रियाको समयमा चरम सुख प्रँप्त हुनु धेरै आनन्ददायक हुन्छ । यसलाई स्वर्गिय सुख पनि भनिन्छ । जुन सवै मानिले भोग्न चाहन्छ ।

प्राकक्रिडा

यौन सम्पर्क वा यौनाङ्गको मिलन हुनुअघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलापलाई प्राकक्रिडा भनिन्छ । यसलाई अंग्रेजीमा फोर प्ले भनिन्छ । प्राकक्रिडा यस्तो पूर्व तयारी हो, जसले यौन क्रियामा संलग्न हुन दुबै पार्टनरलाई उत्प्रेरित गर्छ ।

जस्तो रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, शृंगाररसयुक्त ठट्टालाई प्राकक्रिडा भनिन्छ । एकअर्काको नितम्ब, स्तन, ओंठ, तिघ्रा जस्ता संवेदनशिल अंग सुमसुम्याउने, चुम्बन गर्ने प्रक्रिया यसभित्र पर्छन् । यो क्रिया त्यसबेलासम्म जारी राख्नुपर्छ, जबसम्म यौनका लागि दुबै तयार हुदैनन् ।

१. उत्तेजक एवं कामुक देखिने परिहन लगाउने ।

२. यौनसँग सम्बन्धित कुराकानी गर्ने, ठट्यौली गर्ने ।

३. अहिले एकअर्काको मोवाइलबाट सेक्स च्याट पनि गर्न सकिन्छ । यद्यपी कुराकानीपछि त्यसलाई डिलिट गरिहाल्नुपर्छ ।

४. यौनजन्य पुस्तक पढ्ने, चित्र वा फिल्म हेर्ने ।

५. एकअर्काको भित्री बस्त्र खोलिदिने ।

६. बाथटपमा वा वाथरुपमा एकसाथ नुहाउने ।

७. आपसमा संवेदनसिल अंगहरु चलाउने, खेलाउने, चुम्बन गर्ने ।

 

केहि तथ्य

– यौन शक्ति बढाउनका लागि विर्यको शुद्धता, सुक्राणुको बृद्धि हुनुपर्छ ।

– मानसिक तनाव, प्रदूषित वातावरण, कामको बोझ आदिले यौन जीवन फिका बन्दै गएको छ ।

– महिला र पुरुष मिलेर संभोग गर्छन् । तर, उनीहरुले यौनबाट लिने आनन्द र अनुभूति फरक हुन्छ ।

– यौन शारीरिक क्रिया हो तर, यसमा मानसिक उपस्थिती बढी चाहिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार