free website hit counter

कैदीसँगै जेलरको माया बसेपछि…

beemaadmin
२०७८ बैशाख १०, शुक्रबार

एजेन्सी । मान्छेको सोख र दिमाग देख्न पनि उदेक लाग्छ । बेलायतमा एक महिला जेलरलाई कैदीसँगको प्रेमसम्बन्धको खुलासापछि जेल सजाय सुनाइएको छ । एकारलेट एल्डरिच नामकी यी महिलाले कैदीसँग प्रेमसम्बन्ध राख्नुको साथै ती कैदीलाई मोवाइल र सिमकार्डको पनि व्यवस्था गरेकी थिइन् । यी महिला अधिकारीको मेडिकल परीक्षणको क्रममा जेलका अधिकारीहरुले यसबारे थाहा पाएका थिए । यो मेडिकल परीक्षणको क्रममा स्कारलेटको थाइमा एक गोप्य ट्याटु बनाइएको पाइयो ।

यो ट्याटुमा ती कैदीको नम्बर लेखिएको थियो । स्कारलेटले योर्कको फुल सटन जेलमा काम गर्थिन् । यस क्रममा उनको एक अपराधीसँग प्रम भएको थियो त्यसपछि स्कारलेटले यी कैदीको लागि मोबाइल र सिमकार्डको व्यवस्था गरेकी थिइन् । डेलीमेलका अनुसार उनले यी कैदीलाई केही पत्र पनि लेखेकी थिइन् । स्कारलेटलाई सजाय सुनाउँदै न्यायाधीशले भने ‘अपराधीसँग नजिकको सम्बन्धका खतराबारे तपाइँलाई थाहा थियो । यति हुँदाहुँदै पनि तपाइँले यस्तो कदम उठाउनुभयो ।

तपाइँको यो कदमले उच्च सुरक्षा जेलको सुरक्षा प्रभावित भएको छ र तपाइँमाथि प्रशासनले गरेको विश्वासलाई तपाइँले तोड्नुभएको छ ।’ स्कारलेटले आफ्नो सफाइमा आफूले मोवाइल केवल ती कैदीसँग कुरा गर्नका लागि दिएको र कुनै पनि तरिकाले जेलको सुरक्षा प्रभावित पार्न नचाहेको बताएकी थिइन् । उच्च सुरक्षा जेल भएका कारण स्कारलेटको यो कदमलाई गम्भीर मानिएको छ र उनलाई १० महिनाको जेल सजाय सुनाइएको छ । स्कारलेट र ती कैदीले जेलको वर्कशपमा कुरा गर्ने गरेको देख्दा उनीहरुबारे शंका पहिल्यै भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार