free website hit counter

कैदी भिडन्त ७९ जना ज्यान गयो

beemaadmin
२०७७ फाल्गुन १६, आईतवार

एजेन्सी । अपराध गरेर आचरण सुधारका लागि कारागारमा राखिएका व्यक्ति त्यहीभित्र अपराधमा सक्रिय भएको घटना नेपालमा मात्रै होइन सारा विश्वको साझा समस्या हो । एक आपराधिक गिरोहका नेताको हत्या भएपछि इक्वेडरको चारवटा जेलमा कैदहिरुबीच भिडन्त हुँदा कम्तीमा पनि ७९ जना कैदीहरू मारिएका छन्।

मंगलबारदेखि सुरु भएको झडपलाई रोक्नका लागि दंगा प्रहरी र सैनिक परिचालन गरिएका छन् । द सनको रिपोर्टअनुसार डिसेम्बर महिनामा एक आपराधिक गिरोहका नेताको मृत्यु भएपछि जेलमा आफ्नो नियन्त्रण राख्ने प्रयासमा आपराधिक गिरोहहरुबीच संघर्ष सुरु भएको थियो ।

इक्वेडरको टुरी जेलमा सबैभन्दा घातक झडप भएको छ जहाँ ३४ जनाको मृत्यु भएको छ। ग्वायाक्विल शहरको दुईवटा जेल र लाटाकुङ्गाको जेलमा पनि कैयौं कैदीहरुको मृत्यु भएको छ । एउटा जेलबाट सार्वजनिक भएको तस्वीरमा सुरक्षाकर्मीहरुले घेरिएका कैदीहरू छतमा उभिएका देख्न सकिन्छन् । एक अधिकारीका अनुसार मारिनेहरु सबै कैदीहरू थिए ।

अधिकारीहरूले बताएअनुसार बुधबार मध्य दिनसम्म स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा छ । सन् २०१९ र २०२० गरी २ वर्षमा जेलमा मर्नेहरूको तुलनामा यो झगडामा मारिएकाहरूको संख्या बढी छ। यो झडप सबैभन्दा पहिले स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजे सुरु भएको थियो । गएको डिसेम्बर महिनामा चोनरोस गिरोहका नेता जोर्ज लुइस जाम्ब्रानोको हत्या भएदेखि नै यहाँका जेलमा तनाव चर्किरहेको थियो। जाम्ब्रानोलाई जेलबाट छुटेको केही महिनापछि क्याफेटेरियामा गोली हानेर मारिएको थियो ।

उनी जेलमा छँदा उनको गिरोह लागूऔषध तस्करी, लागूपदार्थको दुर्व्ययसन र लुटपाटको काममा संलग्न थिए, जुन मुख्यतया इक्वेडरको जेलभित्र सञ्चालन हुन्छ। आन्तरिक मन्त्री प्याट्रिसियो पाज्मिनोका अनुसार यो झडप योजनाबद्ध र अत्याधिक व्यवस्थित थियो । इक्वेडरमा यस्तो घटना भएको यो पहिलो पटक भने होइन। विगत दुई वर्षमा सरकारले दुई पटक आपतकालीन स्थिति घोषणा गरेको थियो । पहिलो घटना सन् २०१९ को मे महिनामा भएको थियो । त्यतिबेला केही हप्ताको अवधिमा १० जना कैदीको मृत्यु भएको थियो भने फेरि २०२० अक्टोबरमा भ्रष्टाचार मुद्दाका केही प्रमुख साक्षीको हत्या भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार