काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेसले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०–८१ को लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस्तै, कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्काशन आईपीओ जारी गर्ने भएको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा साढे ३ बजे बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०–८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१–८२ को लागी बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण र संचालक समितिले गरेको निर्णयहरु अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।