free website hit counter

कोडिभ १९ बीमालेखको आकर्षण बढ्दो

beemaadmin
२०७७ असार ९, मंगलवार

काठमाडौं । महामारीको जोखिम बीमा कम्पनीले बहन गर्दै थालेको कोभिड १९ बीमा लेखको आकर्षण बढ्दो छ । त्यसैले त कोरोना बीमा गर्नेको संख्या थपिइरहेको छ । पिसीआर पोजेटिभ देखिने बित्तिकै सहजै दाबी भुक्तानी हुने भएका कारण यो बीमालेखकको बिक्री राम्रोसँग भइरहेको बीमा कम्पनीहरुले बताएका छन् । बीमा समितिको पहलमा बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमा गर्नेको संख्या ४ लाख ८२ हजार ५५७ पुगेको छ । बीमा पुलबाट प्राप्त उक्त तथ्याङ्कमा केही कम्पनीहरुको विवरण अद्यावधिक गर्दा पाँच लाख नाघ्ने बीमा पुलले जनाएको छ । हालसम्मको तथ्याङ्क अनुसार २६ करोडभन्दा बढि बीमा शुल्क संकलन भइरहेको छ । कोरोना बीमा गर्ने काममा शिखर इन्स्योरेन्सले मात्रै झण्डै पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले दुई करोड ४१ लाख, सगरमाथा दुई करोड पाँच लाख, एनएलजी एक करोड ४८ लाख, हिमालयन एक करोड ४६ लाख, अजोड एक करोड ६६ लाख, आईएमई जनरल इन्स्योरेन्स एक करोड २८ लाख, एभरेष्ट एक करोड १२ लाख, नेको एक करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कोरोना बीमा पुलमार्फत लघुबीमाको अबधारणामा सञ्चालित बीमा योजना हो । यसको जोखिम र बीमा शुल्क सबै कम्पनीलाई बराबर हिस्सामा बाँडफाँड हुने गरी सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित समाचार