free website hit counter

कोराना संक्रमित युवतीसँगै थिए कतार एयरवेजमा २ सय ५ यात्रु

beemaadmin
२०७६ चैत्र १०, सोमबार

काठमाडौं । चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ । कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी युक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । तर उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएकी थिइन् । प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए । कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो ।  त्यही जहाजमा हाल संक्रमण पुष्टी भएकी युवती पनि रहेकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार